एक झट्कामा १२ सय मानिस ढालेर विश्व किर्तिमान (भिडियो सहित)

मात्र एक धक्कामा १२ सय जना मानिसलाई एकसाथ लडाउनु कुनै चानचुने काम होइन । अमेरिकामा वल्र्ड रेकर्ड कायम गर्नका लागि एक झट्कामा १२ सय मानिसलाई लडाइएको छ, त्यो पनि गद्दा माथि ।

 

गद्दाको चर्चित ब्राण्ड आरोनले विश्व किर्तिमान कायम गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

आफ्नो नरम गद्दाको प्रचार सागै गिनिज बुकमा नाम लेखाउने प्रयोजनार्थ आरोनले Human Mattress Dominoनामक कार्यक्रमको आयोजना गरेको हो ।

उक्त खेललाई डोमिलोज भनिन्छ । जहाा एक पंक्तिमा वर्गाकार वा आयताकार टाएल्स खडा गरिएको हुन्छ । त्यसपछि सुरुको टाएललाई धक्का दिइन्छ । पहिलो टाएल धक्काले दोश्रो टाएलमाथि लड्दछ र दोश्रोलाई पनि लडाउाछ । त्यसरी दोश्रोले तेश्रोलाई, तेश्रोले चौथोलाई गर्दै अन्तिम सम्म ठडिएका टाएलहरु लड्दछन् ।

विज्ञानमा यसलार्य डोमिनो इफेक्ट भनिन्छ । आरोन कम्पनीले विज्ञानको यहीा डोमिनो इफेक्टलाई मानिसमा लागू गरेर देखाएको हो ।

आरोनका इलेक्ट्रोनिक्स तथा उपकरण विभागका कर्मचारीहरु मिलेर उक्त रेकर्डधारी कार्यक्रम सम्भव तुल्याए । ७ हजार वर्ग फुटमा ३४ वटा पंक्तिमा आफ्नो गद्दालाई पछाडि राखेर कर्मचारीहरु उभिए । पंक्तिको सुरुमा उभिएको कर्मचारीलाई धक्का दिएर ढालेसागै १३ मिनेट ३८ सेकेण्डमा तासका पत्ति झैा पूरै १२ सय कर्मचारी ढले ।

यसअघि यस्तो किर्तिमान जर्मनीको एक कम्पनीले बनाएको थियो । तर अमेरिकी कम्पनीले उक्त किर्तिमान भंग गर्यो । किर्तिमानी कार्यक्रममा प्रयोग गरिएका १२ सय गद्दा निशुल्क वितरण गरियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।