एक्सन पोलिमरद्वारा मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक

नेपाली बजारमा मिलानो ब्राण्डका फुटवेयर सर्वजनिक भएको छ । स्वदेशी कम्पनी एक्सन पोलिमर प्रालिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मिलानो ब्राण्डका फुटवेयर नेपाली बजारमा सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय स्तरका जुत्ताचप्पल नेपाली ग्राहकमाझ पुर्याउने उद्देश्यले आधुनिक फेशनसहित सो ब्राण्ड ल्याएको कम्पनीले बताएको छ । 

2083329536milano-brand1

कार्यक्रममा कम्पनीका अध्यक्ष राजेश अग्रवालले सार्वजनिक गरिएको फुटवेयर विश्वको उत्कृष्ट इटालियन प्रविधिबाट पहिलो पटक पोली युरिथिन (पीयु) फुटवेयर उत्पादन भएको दावी गरे । “इटालियन प्रविधिमा पियु चप्पलहरुको यो पहिलो उत्पादन हो,” उनले भने, “कम्पनी गएको वर्ष भैरवामा करिब ३० करोड रुपैयाँ लगानी गरी स्थापना गरिएको हो ।” कम्पनीले पीयू स्लीपर, स्याण्डल, जुत्ता लगायत उत्पादन गरिरहेको छ । हरेक लिंग र उमेर समूहका मानिसहरुका लागि फुटवेयर उत्पादन भइरहेको उनको भनाइ छ । 

कम्पनीका अनुसार मिलानो ब्राण्डका फुटवेयरहरुका विशेषताको रुपमा हलुका तौल, स्वास्थ्यलाई फाइदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबल, आरामदायी, टिकाउ, वाटरप्रुफ लगायत रहेका छन् । कम्पनीका प्रबन्धक निर्देशक प्रदीप अग्रवालले उद्योगले फुटवेयर उत्पादन मात्र नगरेर रोजगार सिर्जना गर्ने तथा बेरोजगारी समस्यालाई न्यूनीकरण समेत गर्न सहयोग गर्ने जनाए । “कम्पनीले स्थानीय फुटवेयर उद्योगलाई प्रबद्र्धन गर्ने र विदेशी आयातलाई विस्थापन गर्न सहयोग पुग्नेछ,” उनले भने । 

कम्पनीका अध्यक्ष अग्रवालले कार्यक्रमको अवसरमा बजारमा मिलानो ब्राण्डका ३५० देखि ६ सय रुपैयाँसम्मको फुटवेयर उपलब्ध रहेको जानकारी दिए । स्थापना लदेखि हालसम्ममा कम्पनीले प्रत्यक्ष तीन सय र अप्रत्यक्ष रुपमा हजारभन्दा बढी संख्यामा रोजगारी प्रदान गरेको जनाएको छ । जसमा ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला कामदार तथा कर्मचारी रहेको कम्पनीको भनाइ छ । कम्पनीमा ९५ प्रतिशत स्वदेशी जनशक्तिले काम गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ