एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा छलफल

काठमाडौँ, २६ जेठ । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो।

आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा  दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं -प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा