काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैदिन केन्द्र र प्रदेशसभाको चुनाव हुन नसक्ने बताएका छन् । तिब्बत भ्रमण सक्याएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले पहिला प्रदेशसभाको चुनाव हुनुपर्ने र त्यसपछिमात्रै केन्द्रको चुनाव हुनुपर्ने धारणा राखे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार मात्रै निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गर्ने सोचमा सरकार रहेको भन्दै सोहि अनुसार तयारी गर्न आग्रह गरेका थिए । तर, त्यसको एक दिनपछि प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले एकैदिन दुई ठूला चुनाव हुन नसक्ने र पहिला प्रदेश सभाको निर्वाचन हुनुपर्ने धारणा राखेका हुन् ।
उनले संविधान संशोधनका विषमया छलफल गर्ने फुर्सद एमालेलाई नभएको भन्दै आफ्नो ध्यान मात्र चुनावमा रहेको पनि बताए । उनले दलगत मतभेदले मुलुकलाई बन्धक बनाउन नहुने भन्दै राजपा पनि चुनावमा सहभागि हुनुपर्नेमा जोड दिए ।
तिब्बतमा आफूले स्थानीय सरकारका प्रतिनिधि र तिब्बतमा रहेका चिनिया कम्युनिष्ट पार्टीका उपप्रमुखलाई भेटेको जानकारी दिँदै ओलीले दुईपक्षीय हित र आपसी चासोका विषमया कुराकानी भएको जानकारी दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।