एकसय २१ वटा नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

timthumb(3)काठमाडौं, चैत ९ – महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली लाइसेन्स बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । लाइसेन्स बनाउने यातायात कार्यालय धाउने सर्वसाधारणलाई सजिलो बाटोबाट लाइसेन्स बनाउने भन्दै पैसा असुल्दै नक्कली लाइसेन्स बनाउने दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुलीको भद्रकाली–४ का अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ का गणेशकुमार गोले छन् ।

उनीहरुको साथबाट विभिन्न व्यक्तीको नाममा बनाइसकेको नक्कली लाइसेन्स ६ वटाएक सय १५ वटा प्रिन्ट गरेको लाइसेन्स गरी एक सय २१ वटा नक्कली लाइसेन्स, ३० वटा प्रिन्ट गर्न लागेको लाइसेन्स, यातायात कार्यालयको होलोग्राम एक सय १० वटा, कम्युटर, प्रिन्टर, छापलगायतका सामग्री बरामद गरेको छ । बरामद गरेको होलोग्राम सक्कली हुन सक्ने भन्दै यस विषयमा प्रहरीले थप अनुसन्धान थाल्ने बताएको छ ।

एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म लिएर उनीहरुले नक्कली लाइसेन्स बेच्चे गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । विशेष विदेश जाने युवाहरुलाई उनीहरुले लाइसेन्स बेच्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरका निमित्त प्रमुख तथा एसपी अशोक सिंहले जानकारी दिनुभयो ।

उनीहरुले ललितपुरको कार्यविनायक नगरपालिका सिद्धिपार्कमा फ्ल्याट भाडामा लिएर घरमै लाइसेन्स बनाउने गरेको प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

२०५५ सालदेखि लेखापढी गरेका पाख्रिनले ६ महिनाअघि नक्कली लाइसेन्स बनाउन थालेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । उनीहरुलाई सरकारी छाप किर्ते मुद्दा अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि