एकता गर्दा विचार, संगठन र नेतृत्वको ख्याल नगर्दा   समस्या : ईश्वर पोखरेल

काठमाडौं,फागुन २४, उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् । 

विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ छ । आइतबारको सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीहरूको अवस्था ३ जेठ ०७५ अगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

नेकपा ओली समूहबाट थपिएका केन्द्रीय सदस्य एमालेको केन्द्रीय सदस्य हुने उनले बताए । उनले भने, ‘नेकपा एमालेको नवौँ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरूलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर, लय र स्टेप मिलाउन नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरूलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान्, निस्के भने पनि कोही बात छैन जानुहुन्छ ।’
 
उनले नेकपा एमाले सूर्य चिह्नसहित सबैलाई समेटर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल