एउटै बहस बापत सवा लाख लिएको कारण नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ विवादमा

काठमाडौं, असोज ५ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफू निकट व्यक्ति तथा संस्थाहरुलाई मनोमानी रकम बाँढेका छन् ।

त्यसरी रकम पाउने मध्ये नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ समेत रहेको पाइएको छ । श्रेष्ठले महानगरबाट एउटै बहस गर्दा १ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी लएको महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।

युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा.ली प्रतिवादी मएको उम्प्रेषण परमादेश सम्बन्धी मुद्दामा महानगरका तर्फबाट सरकारी तलब खाने वकिल हुँदा हुँदै श्रेष्ठको स्वामित्व रहेको सृजना ल फर्मलाई हायर गरेको थियो ।

महानगरपालिका श्रेष्ठलाई २०७६ कार्तिक ५ र १४ गतेको बहसको लागि भौचर नम्बर १२१२२६ मा भ्याटसहित १ लाख १३ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त मुद्दाको बहसमा फर्मलाई बहस गरेबापत महानगरले कति रकम तोकेको भन्ने कागजात समेत नभएको कारण श्रेष्ठले पाएको रकम बेरुजुमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित