August 27, 2019

ऋतिक र टाइगरको फिल्म ‘वार’को ट्रेलर रिलिज (भिडीयो)

भदौ १०,काठमाडौं : बलिउड सुपरस्टार ऋत्तिक रोशन र टाइगर श्राफको नयाँ फिल्म वारको ट्रेलर सार्वजनिक भएको छ । वारमा खतरनाक स्टन्ट र एक्सन सीन, फाइट सिक्वेन्स र टाइगर र ऋत्तिकबीचको फेसअफ देख्न पाइन्छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म अक्टोबर महिनाको २ तारिखमा रिलिज हुँदैछ ।

कुल २ मिनट २५ सेकेन्डको ट्रेलरमा एक्सन भरपूर छ । ऋत्तिकलाई खोज्न टाइगरलाई पठाइएको देखाइएको छ । भेट भएपछि दुईजनाबीच वार भएको देखाइएको छ । कार र बाइक चेजका सिक्वेन्सहरू दमदार देखिन्छन् । ट्रेलरका एक एक दृश्य भिजुअल ट्रीट हुन् । एक्सन र एड्भेन्चरबीचका भिजुअलले फिल्मलाई विशेष बनाएका छन् । एक्सन ड्रामामा ब्याकग्राउन्ड स्कोरले रोमाञ्च उत्पन्न गर्छ ।

यशराज ब्यानरमुनि बनेको वार हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ । यो फिल्म सात फरक देश र १५ शहरमा शूट गरिएको छ । एक्सन र स्टन्ट सीनहरूलाई चार फरक एक्सन डाइरेक्टरले गराएका हुन् । फिल्ममा वाणी कपूर पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको