ऋण तिर्नु नपरोस् भनेर महिलाले गरिन् प्लास्टिक सर्जरी

१७ साउन – सुन्दरता बढाउनका लागि मानिसहरु प्लास्टिक सर्जरी गरेको त सुन्नुभएकै होला । तर कतिपय मानिसहरु चाहीँ आफुले लिएको ऋण तिर्नु नपरोस् भनेर पनि प्लास्टिक सर्जरी गर्दा रहेछन् । एक जना महिलाले यस्तै गरेकी छिन् ।

चीनको सांघाइस्थित वुहान सहरमा एक जना महिलाले ऋण नतिरेको आरोपमा पक्राउ पर्ने डरले प्लास्टिक सर्जरी गराएकी छिन् । आफुलाई कसैले नचिनुन् र पक्रिन नसकुन् भनेर उनले प्लास्टिक सर्जरी गराई अर्कै रुप बनाएकी हुन् ।

 

ती महिलाको झण्डै ४ करोड रुपैयाँ बराबरको ऋण रहेछ । एक स्थानीय अदालतले उनलाई ऋण चुक्ता गर्ने आदेश दियो । त्यसपछि उनी सांघाइबाट भागेर सेन्झेन पुगिन् । सेन्झेन पुगेर प्लास्टिक सर्जरी गराइन् । तर प्लास्टिक सर्जरीले पनि उनलाई बचाउन सकेन । पुलिसले उनलाई पक्राउ गर्यो । जब उनी पक्राउ परिन् तब उनलाई देख्दा पुलिस नै अचम्ममा पर्यो ।

५२ वर्षकी ती महिला प्लास्टिक सर्जरी गरेर ३० वर्षकी जस्तै देखिएकी थिइन् । पुलिससँग भएको ती अभियुक्तको तस्वीर भन्दा उनको अनुहार विल्कुल फरक थियो । उनको वास्तविक नाम हू नाजुआन भएपनि उनी अर्कैको परिचयपत्रमा रेलमा यात्रा गर्थिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि