उम्मेदवारी मनोनयनका लागि तीन हप्ता मात्र बाँकी रहदा समेत दलहरुले अझै उम्मेदवार छान्नेकाम सुरु गरेका छैनन् । नेकपा एमालेले उम्मेदवार छनौटको मापदण्ड तयार गरेपनि काग्रेस र माओवादी केन्द्रले मापदण्ड तोक्न सकेका छैनन् ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १७ गते उम्मेदवारीमाथि दाबी, वैशाख १८ गते उम्मेदवारी फिर्ता र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गाउँपालिका र नगरपालिका केन्द्रमा उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । वैशाख ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्र छपाइको काम धमाधम गरिरहेको छ ।
निर्वाचनका मुख्य कार्यक्रम
– उम्मेदवारको मनोनयनपत्र दर्ता, बैशाख १६
– मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन बैशाख १६
–उम्मेदवारको विरोधमा उजुरी, बैशाख १७
– मनोनयनपत्र जाँच, बैशाख १७
– मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन, बैशाख १८
– उम्मेदवारको नाम फिर्ता, बैशाख १८
– उम्मेदवारको अन्तिम नामावली प्रकाशन, बैशाख १९
– उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, बैशाख १९
– मतदान, बैशाख ३१ बिहान ७ बजे देखि बेलुका पाँच बजे सम्म
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको