उम्मेदवार बन्न एमालेको यस्तो कडा छ ‘मापदण्ड’

एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो । CPN-UML-party-office

बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीन जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, असोज १९ र २० मा जिल्ला कमिटीका बैठक बस्ने ती नामलाई आफ्नो राय सुझावसहित जिल्ला कमिटीमा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ ।

एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरूले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रूपमा एक जनाको नाम सिफारिस गर्नुपर्ने बैठकको निर्णय छ ।

यस्तो छ मापदण्ड
एमालेले पार्टीमा सक्रिय, सार्वजनिक प्रतिष्ठामा आँच नआएको, असल आचरण भएको, पार्टीमा सक्रिय र समाजमा लोकप्रिय छविका साथै निर्वाचनमा विजय सुनिश्चित गर्न सक्नेलाई मात्रै टिकट दिने भएको छ । स्थानीय निर्वाचनमा बागी विद्रोही भएको, पार्टीलाई असहयोग गरेको तथा विवादास्पद भूमिका भएकालाई उम्मेदवार नबनाउने स्पष्ट गरेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने भएका छन् । यसअघि संविधानसभामा समानुपातिक सदस्यमा रहेकालाई पुनः समानुपातिक उम्मेदवार नबनाउने भएको छ । तर, महिलाको हकमा भने अलि लचिलो व्यवस्था गरिएको छ ।

यसअघि वरिष्ठ नेताहरू एकभन्दा बढी स्थानबाट उम्मेदवारी दिने गरेको भए पनि यसपटक भने त्यस्तो गर्न नपाउने भएका छन् । निर्वाचन ऐनमा रहेको उक्त प्रावधानलाई पार्टीले कार्यान्वयनमा ल्याउन खोजेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झलनाथ खनाल र सुवास नेम्वाङ इलामबाट, वामदेव गौतम बर्दियाबाट अध्यक्ष केपी ओली झापाबाट वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं-२ बाट, महासचिव ईश्वर पोखरेल काठमाडौं-५ र नेता शंकर पोखरेल दाङबाट निर्वाचन लड्ने निश्चित भएको पार्टी स्रोतले जानकारी दिएको छ । टिकट दिँदा समावेशीता र भौगोलिक सन्तुलन कायम गरिने पार्टीले जनाएको छ । ज्ञवालीका अनुसार समानुपातिक र प्रत्यक्षतर्फ एकै समय २६ असोजमै उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी