पूर्व सांसद तथा हाल राप्रपा राष्ट्रबादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे(श्रेष्ठ)ले उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको घोषणा गरेकी छन् ।
श्रेष्ठले बुधबार एक बक्तव्य जारी गर्दै आजकै मितिबाट लागु हुनेगरी राप्रपा राष्ट्रबादीको साधारण सदस्य लगायत कुनैपनि तहमा नरहनेगरी आफ्नो नाम झिकिदिन भनेकी छन् ।
उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छन् ।
श्रेष्ठले आफुले गहन विष्लेषण र सुभेच्छुकहरुको सल्लाह एवं सुझाव अनुसार मुलुकको ऐतिहासिक र पुरानो लोकतान्त्रिक आन्दोलनको प्रतिक नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने निर्णय लिएको जनाएकी छन् । कांग्रेस प्रवेशसँगै उनले कांग्रेसबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेता अर्जुननरसिंह केसीलाई सहयोग गर्ने पनि प्रश्ट पारेकी छन् ।
श्रेष्ठ गत ७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद बनेपनि केही दिनअघिमात्र राप्रपा राष्ट्रबादीमा प्रवेश गरेकी थिइन् ।
श्रेष्ठ नुवाकोटको विदुर नगरपालिकाकी बासिन्दा हुन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।