उमेर बढ्दै जादा किन बढ्छ हड्डी खिइने समस्या ? भिडियो सहित

image

हड्डी किन खिइन्छ ? र यसबाट बच्ने उपाय के के हुन् ? हाड जोर्नी विशेषज्ञ डाक्टर सगुन कुमार जोशीको सुझाब यस्तो छ : स्वस्थ शरीरको लागि हड्डीको ठुलो भूमिका रहेको हुन्छ ।

मानिस अपांग हुने प्रमुख कारण मध्ये हड्डीले आवश्यक काम नगर्नु पनि एक हो । हड्डी परिपक्क वा बलियो हुने भनेको २५ देखि ३५ वर्षको उमेर सम्म हो । हड्डी खिइने रोग धेरैमा हुन्छ । उमेर बढ्दै जादा वा ४०/५० वर्ष पुगेसँगै यो रोगले बढी च्याप्ने गर्दछ ।

नेपालको सन्दर्भमा पुरुषको तुलानामा महिलामा यो रोग बढी देखिन्छ । प्रायजसो महिनावारी सुकेपछि वा पाठेघर निकाले पछि यस्तो समस्या बढ्छ । हड्डी खिइने प्रमुख कारण : सबै जनालाई एकै कारणले मात्र हड्डी खिइन्छ भन्ने छैन् ।

विशेषतः यस्ता छन् हड्डी खिइने कारण :

शरीरलाई बढी कसरत पर्ने काम गर्नु । हड्डीमा चोटपटक लाग्नु । भिटामिन डिको कमी । मांशपेशी कमजोर हुनु । लामो समय उभिएर वा निहुरिएर वा एकै ठाउँमा बसेर काम गर्नु । अत्याधिक धुम्रपान तथा मध्यपानको सेवन ।

बाथ, मधुमेह लगाएतका रोग हुनु । सानो उमेरमा लडेर हड्डीमा चोट पटक लागे पछि हड्डी खिइने हुन्छ । लक्षणहरु : हड्डी दुख्ने । हड्डी सुन्निने ।

लामो समय बसे पछि उठ्न गाह्रो हुने । बस्न गाह्रो हुने यस्ता व्यक्ति बढी जोखिममा बढी शारीरिक कसरत गर्ने । खेलाडी । बढी तौल भएका । बच्न उपाए : दुखेको ठाउँमा विशेषज्ञको सल्लाह बमोजिम फिजियोथेरापी गर्ने ।

सन्तुलित आहारा खाने । सक्रिय जीवनशैली जीउने । धेरै समय निहुरिएर वा उभिएर वा कुर्सीमा बसेर काम गर्नु पर्ने भए समय समयमा आराम गर्दै गर्ने । लामो बाटो सवारी चलाउँदा ठाउँ ठाउँमा आराम गर्दै चलाउने । तौल नियन्त्रणमा राख्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि