July 8, 2017

उपेन्द्रका चार जना पार्टीबाट निष्कासित

काठमाडौं, २४ असार । सङ्घीय समाजवादी फोरम नेपालले यही असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी नीतिविपरीत अन्तर्घात गर्ने चार जनालाई कारबाही गरेको छ ।

पार्टीका महासचिव रामसहायप्रसाद यादवले आज प्रेस विज्ञप्ति जारी गरी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा बाँके जिल्लामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने जगदीशबहादुर सिंह, कामताप्रसाद खटिक, कौशलकुमार मिश्र, राजेन्द्र विश्वकर्मा र ममता बानियाँलाई पार्टीको विधानको धारा ९ (४), र ४९ (१) अनुसार आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको