बाराको कलैया उपमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच निकै ठूलो घम्साघम्सी परेको छ । आज कलैयामा भएको चुनावी अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा मेयरका उम्मेद्धवाहरुवीच आरोप–प्रत्यारोप चलेको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार मुकेश साहले उत्तः उपमहानगरलाई समृद्ध बनाउने उद्धघोष गरे । उनले त्यतिमात्रै नभएर कलैयालाई पूरै कायापलट गर्ने समेतको वचनबद्धता जनाए ।
त्यस्तै उनले कलैयाका सडक, स्वास्थ्य, शिक्षा, बाटोघाटो र नगरलाई समृद्ध बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरे । साहले कलैयलाई ग्रिन सिटीको रुपमा आफूले विकास गर्ने समेत विश्वास दिलाए ।
संघीय समाजवादी फोरमका मेयरका उम्मेद्धवार प्रमोद गुप्ताले ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले मुलुकमा गतिरोध कायम राखेको आरोप लगाए । उनले भने, ‘ठूला पार्टीहरुले मुलुकमा सधै अस्थिरता बनाएका छन्, मुलुकलाई अल्झाएर राखेका छन्, त्यसैले यीनीहरुबाट विकासको अपेक्षा गर्नु भनेको मुर्खता बाहेक अरु केही होईन ।’
गुप्ताले प्रमुख प्रतिपक्षी दल एमालेले जहिल्यैपनि मधेश विरोधी भएको अरोप लगाए । उनले भने, ‘एमालेले जहिले पनि मधेशलाई हेप्ने काम गर्यो, कहिले धोती भन्यो त कहिले कालो भन्ने, विखण्डनको अवस्थामा ल्यायो, यसैले मधेशमा एमालेको कुनै हक छैन, उसले भोट माग्न पनि लाज मान्नुपर्ने हो ।’
त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका मोहम्मत सामी मियाँ ठकुराईले आफू सबैभन्दा पूरानो मेयरका उम्मेद्धवार भएको उल्लेख गर्दै भने, ‘यो उपमहानगरका हरेक गाउँलार्ई सहरसँग जोडेर अघि बढाउँछु । जनतालाई अनुभुत हुने खालका विकास र समृद्धि दिलाएर छाड्छु ।’
कार्यक्रममा कांग्रेसका उम्मेद्धवार राजेश यादव र एमालेका विनोद साह भने कार्यक्रममा सहभागि भएननन । दुवै उम्मेद्धवारहरु नआएपछि त्यहाँका स्थानीय जनता आक्रोशित बनेका थिए ।
मेयरका उम्मेदवारहरुले आफूले गरेका बाचा पूरा गर्न नसके एक महिना भित्रै राजिनामा दिने घोषणा पनि गरेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द