उपप्रधानमन्त्री र राज्य मन्त्रीलाई आयोगको २४ घण्टे स्पष्टीकरण

२४ भदौ, काठमाडौं । निर्वाचन आयोगले उपप्रधानमन्त्री र राज्य मन्त्रीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई आचारसंहिता उलघंन गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।election-commission_nirwachan-chunab_DaMk3sCMVa

फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको ¥याली निकालेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने ।’ आयोग पदाधिकारीको आज बसेको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई २४ घण्टे स्पष्टीकरण सोधको छ ।

राज्यमन्त्री पुनले जितपुर–सिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

यस्तै आयोगले फोरम लोकतान्त्रिकका वीरगञ्ज महानगरका प्रमुखका उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने