२०७७ वैशाख २७, काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै आइतबारबाट उपत्यकामा सवारी साधन चलाउन समय तोकिएको छ।उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी, सबै प्रहरी प्रमुख, ट्राफिक महाशाखाका प्रमुख, उद्योग व्यवासायका प्रतिनिधि लगाएतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी चलाउन समय तोक्ने निर्णय गरेको ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए ।
‘टाइम कार्ड भनेर नबुझ्नुस्, टाइमिङ तोकिएको हो।’ टाइम कार्ड र टाइमिङको बारेमा बताउँदै उनले भने, ‘टाइम कार्ड फरक कुरा हो। हामीले टाइमिङ तोकेका हौं।’
ट्राफिक व्यवस्थापनका लागि टाइमिङ तोकिए पनि सवारी पास अनिवार्य भएको उनले जानकारी दिए। ‘टाइमिङ तोकियो भनेर सबै सवारी साधन चल्न पाउने भन्ने होइन, सरकारले तोकेका एक तिहाई कर्मचारी र अन्य पास भएका सवारी साधन मात्र चल्न पाउने छन्’, प्रमुख ढकालले भने ।
उनले बुधागत रुपमा भने,
१) निर्माण सामग्री बोकेका ठुला सवारी साधन (पास सहितका) बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउने छन् ।
२) सरकारले भनेअनुसार एक तिहाई कर्मचारीको हकमा बिहान ९ बजेदेखि १० बजेसम्म (अफिसले दिएको पत्र सहित) अफिस पुगि सक्नु पर्ने छ । उनीहरुलाई फर्कने सवालमा भने फरक समय तोकिएको छ । उनका अनुसार बैंक तथा वित्तिय संस्थाका कर्मचारी ३ः३० देखि ५ बजेसम्म घर फर्कि सक्नु पर्ने छ भने, बाहेकका अन्य कर्मचारी भने बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्किनु पर्ने छ ।
३) सामान्यतया अत्यावश्यक सामग्री बोकेका सवारी साधन विहान ६ बजे देखि १० बजेसम्ममात्र चल्न पाउने छन्।
४) पास भएका गाडीहरु पनि विना प्रयोजन गुडेको पाइएमा सवारी साधन ‘होल्ड’ हुने छ। उनले बुझाउदै भने, ‘भक्तपुरको सवारी पास लिएको छ, काठमाडौंमा गुडेको छ भने हामीले त्यस्तो सवारी साधनलाई होल्ड गर्छौ, यस्तै एक दिनको लागि पास लगिएको छ अर्को दिन चलेको छ भने पनि सवारी साधन होल्ड हुन्छ’।
‘सरकारद्वारा खुल्ला गर्ने भनिएका ४२ प्रकारका उद्योगहरुको सवारी साधनका हकमा पनि यही नियम लागु हुने छ । उद्योगधन्दा खुलेका हुन सवारी साधन हैनन् यो भ्रमबाट टाढै रहनु पर्ला,’ प्रमुख ढकालले सम्झाए ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ