उत्तर कोरिया :अमेरिकाले युद्धको सुरुवात गर्यो

१० असोज, एजेन्सी ।

अमेरिकाले आफूविरुद्ध युद्धको सुरुवात गरेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बमबर्षक लडाकु विमान उडाएपछि उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको यस्तो प्रतिक्रिया आएको हो ।Kin-north-korea

विदेशमन्त्री रिले उत्तर कोरियाको आकाशमा उडेका अमेरिकी बमबर्षक विमान खसाल्ने चेतावनी समेत दिएका छन् । अमेरिकाले पटक पटक उत्तर कोरियासँग झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने पनि विदेशमन्त्री रिले बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धका लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

पछिल्लो समय अमेरिकाले उत्तर कोरियाको सीमा क्षेत्रमा बमबर्षक विमान उडाइरहेको छ । पछिल्लो समय उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबिचको तनाव थप बढेको छ । परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथिको प्रतिबन्ध अमेरिका तथा संयुक्त राष्ट्रसंघले थप कडा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल