‘उत्तर कोरियासँग एक्लै भिड्नेछ अमेरिका’

Xi-jinping-trumpबीबीसी ,चैत २१ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले साथ दिएपनि वा नदिएपनि अमेरिकाले उत्तर कोरियाको परमाणु खतरालाई हल गरेरै छोड्ने प्रण गरेका छन् ।

बेलायतको पत्रिका फाइनेन्सियल टाइम्ससँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘यदि चीनले उत्तर कोरियाका मुद्दाहरुको हल गर्दैन भने हामी गर्छौं ।’

जब उनलाई के यसमा एक्लै सफल हुने सम्भावना छ त भनेर प्रश्न सोध्दा उनको जवाफ थियो, ‘पूर्ण विश्वास छ ।’

ट्रम्पले भने, ‘उत्तर कोरियामाथि चीनको निकै प्रभाव छ र चीनले यो निर्णय गनुपर्ने हुन्छ कि उत्तर कोरियाली मुद्दामा हामीलाई मद्दत गर्छ वा गर्दैन । यदि चीनले हामीलाई सहयोग गर्ने सोच बनाएको छ भने यो चीनको लागि निकै राम्रो कुरा हुनेछ र यदि चीनले सहयोग नगर्ने सोच बनाएको छ भने यो कसैको लागि पनि राम्रो हुने छैन ।’

यद्यपी, एक्लै कारवाही गर्ने प्रश्नमा उनले स्पष्ट जवाफ भने दिएनन् ।

बिहिबार चीनियाँ राष्ट्रपति शी जिनपिंगसँग उनको भेटघाट हुने कार्यक्रम तय भएको छ । भेटघाट गर्नुभन्दा पहिले ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल