उत्तर कोरियाले गर्याे नयाँ युद्धको सुरुवात

२० भदौ, एजेन्सी – उत्तर कोरियाले युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालिन बैठकमा बोल्दै राष्ट्रसंघका लागि अमेरीकी राजदूत निकी हेलीले शक्तिशाली परमाणु बमको परीक्षण गरेर उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ युद्धको सुरुवात गरेको बताइन ।

Mishileउत्तर कोरियाले आइतबार हाइड्रोजन बमको सफल परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको हो । न्युयोर्कमा बसेको बैठकमा अमेरिका युद्धको पक्षमा नरहेको भन्दै हेलीले तर आफूहरुको धैर्यता असिमित नरहेको चेतावनी पनि दिइन ।

बैठकमा अमेरिकाले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध थप कडा बनाउने प्रस्ताव गरेको छ । उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले वार्ताको प्रस्ताव गरेको छ भने स्वीट्जरल्याण्डले मध्यस्थता गर्न तयार रहेको बताएको छ । परमाणु परीक्षणको जवाफस्वरुप दक्षिण कोरियाले हिजो लाइभ–फायर एक्सरसाइज गरेको थियो ।

यसैबीच, उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण