May 9, 2017

उत्तर कोरियाले अर्का अमेरिकी नागरिकलाई हिरासतमा लियो

प्योङ्याङ्ग: उत्तर कोरियाले एक अर्का अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । अमेरिकासँग बढ्दो तनावबीच उत्तर कोरियाले एक अर्का अमेरिकी नागरिकलाई हिरासतमा लिएको हो । एक महिनामा अमेरिकी नागरिकलाई हिरसातमा लिएको यो दोस्रो घटना हो ।

उत्तर कोरियाले ती अमेरिकी नागरिकलाई प्योङ्गयाङ्गविरुद्ध शत्रुपूर्ण गतिविधि बढाएको आरोपमा गिरफ्तार गरेको हो । समाचार अनुसार किम हाक-साङ्गले प्योङ्गयाङ्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नालोजीको सञ्चालनका लागि काम गरेका थिए ।

समाचारमा ‘एक प्रासङ्गिक संस्थान अब यस अपराधको विस्तृत जाँचमा जुटेको छ ।

किम अघिल्लो दुई सातामा गिरफ्तार भएका दोस्रो अमेरिकी नागरिक हुन् । अघिल्लो साता उत्तर कोरियाले अमेरिकी नागरिक एवम् लेखा प्रोफेसर किम साङ्ग दुक अर्थात टोनी किमलाई गत २२ अप्रिलमा गिरफ्तार गरेको पुष्टि भएको थियो । गिरफ्तार दुवै व्यक्ति कोरियाली मूलका हुन् । उनीहरु त्यहाँ शिक्षकको रुपमा क्रियाशील थिए ।

उत्तर कोरियाको परमाणु एवम् मिसाइल महत्वाकांक्षालाई लिएर दुवै देशबीच तनावको अवस्था रहेको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै आफूलाई सिरिया नसम्झिन पनि भनेको छ।

अमेरिकाले आफूलाई उकासिरहेमा परमाणु हमला गर्ने चेतावनी पनि दिएको छ। उत्तर कोरियाले अब हरेक साता परमाणु परीक्षण गर्ने धम्की पनि दिएको छ ।

आफूलाई कसैले रोक्न नसक्ने जनाउँदै उत्तर कोरियाले अमेरिकाको आक्रामकताको जवाफ दिन आफु तयार रहेको पनि उल्लेख गरेको छ। पनडुब्बी निगरानी प्रविधिले दक्षिण कोरिया र प्रशान्त महासागरमा मात्रै होइन अमेरिकाको मूख्य भूमिमा पनि आफूले आक्रमणका लागि निगरानी गरिरहेको उत्तरले जनाएको छ ।

उत्तर कोरियाले अन्तरराष्ट्रिय समुदायको प्रतिबन्धलाई बेवास्ता गर्दै मिसाइल परीक्षणलाई तीब्र बनाएको छ । सिरियामा मिसाइल हमलापछि अमेरिकाको तर्फबाट कोरियाली प्रायद्वीपमा आफ्नो युद्ध समुद्री जहाज पठाएको जवाफमा उत्तर कोरियाले यो मिसाइल परीक्षण गरेको थियो ।

तर पनि यो मिसाइल परीक्षण विफल भएको थियो । अमेरिका र दक्षिण कोरियाका रक्षा अधिकारीले यो कुराको पुष्टि गरेका हुन् । उत्तर कोरियाको यस कदमबाट कोरियाली प्रायद्वीपमा तनाव अझै बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी