उत्तर कोरियाको परमाणुलाइ अमेरिकाले कसरी खसाल्नेछ ?

बीबीसी,अमेरिकाले आफ्नो विवादित परमाणु विरोधी प्रणालीको सफलतापूर्वक परिक्षण गरेको छ । अमेरिकाको अनुसार कोरिया प्रायद्वीपमा बम खसाल्ने लडाकू विमान बी–१ ले पनि उडान भरेको छ ।अमेरिकाको यो सैन्य अभ्यासलाई उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफको रुपमा हेरिएको छ ।अमेरिकी वायुसेनाको तर्फबाट फायर गरिएको परमाणु अलास्कामा टर्मिनल हाइ एटीट्यूड एरिया डिफेन्स (थाड) को यूनिटले रोक्ने काम गर्यो ।दक्षिण कोरिया र जापानी विमानसँग मिलेर अमेरिकाले बम खसाल्ने लडाकू विमान बी–१ सँग अभ्यास गर्यो ।america_yWEWaUvfW2

उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीप ब्यालेस्ठिक मिसाइलको परिक्षण गरेको थियो जसबारे यो दाबी गरिएको थियो कि यसले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्छ ।उत्तर कोरियाले उक्त परिक्षणको ठिक तीन हप्ता पहिले पनि एक परमाणुको पहिलो पटक परिक्षण गरेको थियो ।चीनले विरोध गरेतापनि अमेरिकी सेनाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम थाड तैनाथ गरेको थियो । यसको उद्देश्य उत्तर कोरियाको तर्फबाट फायर गरिएको परमाणुलाई निस्तेज पार्नु हो ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार उत्तर कोरियाको मिसाइल परिक्षणबारे चुप लागेर बसेको भन्दै चीनको आलोचना गरेको थियो ।

ट्रम्पले आफ्नो ट्वीटमा भनेका थिए, ‘म चीनसँग रिसाएको छु । अतितमा हाम्रा मुर्ख नेताका कारण चीनले हामीसँगको व्यापारमार्फत अर्बौं रकम कमाए । यति हुँदा हुँदै पनि मानिसहरु उत्तर कोरियाको हतियारको कार्यक्रममा चुप छन् । म अब यस्तो पक्कै पनि हुन दिनेछैन ।’पूर्व कूटनीतिज्ञ र चीनियाँ सरकारका सल्लाहकार भिक्टर गाओले भने, ‘ट्रम्पको बयान बेकारको छ । अमेरिकाको व्यवहार एक रिसाएको बच्चाजस्तै छ ।’चीन र उत्तर कोरियाको सीमा मिल्छ । दुबै देशबिच आर्थिक सम्बन्ध पनि छ । पूर्वमा चीनले उत्तर कोरियाको परमाणु परिक्षणको निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेको थियो ।यस्तोमा अमेरिकाको तर्फबाट गरिएको सैन्य अभ्यास उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफ दिनको लागि गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको