ईपीएल फाइनल भोलि

काठमाडौँ, १४ पुस : काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल खेल भोलि (शनिबार) हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने फाइनलमा भिड्दैछन्, ललितपुर प्याट्रिएट्स र भैरहवा ग्लाडिएटर्स ।

1983850706epl-final

इपिएल क्रिकेटमा एकमात्र अपराजित टोली हो पारस खड्काको कप्तानीमा रहेको विराटनगर । शरद भेषवाकरको टोली भैरहवाले दुई खेलमा पराजय बेहोरेको थियो ।

भैरहवा एक लिग खेल र पहिलो क्वालिफायर्स गरी दुवै खेलमा विराटनगरसँग पराजित भएको थियो । तर, दोस्रो क्वालिफायर्समा जित निकाल्दै भैरहवाले फाइनलमा पुग्दै विराटनगरसँगको भेट पक्का गरेको थियो । 

शनिबारको फाइनल खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। फाइनल खेल रोमान्चक हुनेमा दुवै टोलीका कप्तानसमेत ढुक्क छन् । फाइनलअघि शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा विराटनगरका कप्तान पारस र भैरहवाका कप्तान शरदले शनिबार हुने फाइनल खेल पूर्ण रुपमा नयाँ खेल भएका कारण रोमान्चक हुने बताए  । 

“प्रतियोगिता समग्रमा शानदार रह्यो । एसीसी टि–ट्वान्टी क्वालिफायर्स खेलेको अनुभव भयो, भाग्यमानी भयौं ।  फाइनल पुगेका छौं, ” प्रि म्याच कन्फरेन्समा विराटनगरका कप्तान पारसले भने, “एलिमिनेटर गाह्रो थियो तर सबैले मेहनत गरे । हामी फाइनलको लागि तयार छौ, खेल रोमान्चक हुनेछ ।”

विराटनगरले पहिलो क्वालिफायर्समा भैरहवालाई ८ विकेटले हराएर फाइनल सुरक्षित गरेको थियो । त्यसअघि लिग चरणको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले हराएको थियो । तर, भैरहवाका कप्तान शरदले अघिल्ला खेलको पराजयले फाइनलमा असर नगर्ने बताए । उनले भने, “अघिल्ला खेल विगत भइसक्यो, भोलि नयाँ हुनेछ । खेल रोमान्चक हुनेछ।”

पहिलो क्वालिफायर्समा विराटनगरसँग पराजित भए पनि भैरहवाले दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले हराएर फाइनलमा स्थान पक्का गरेको थियो । निकै रोमान्चक बनेको दोस्रो क्वालिफायर्समा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गर्दै भैरहवालाई फाइनलमा पुर्याका थिए । 

ललितपुरसँगको खेलमा निकालेको जितकै कारण शरद आफ्नो टिमले  फाइनलमा सकारात्मक नजिता ल्याउनेमा विश्वस्त छन् । “सबैले राम्रो गरिरहेका छन्, फाइनलमा राम्रो गर्नेछौं, राम्रो क्रिकेट खेल्नेछौं । पुरानो गल्ती गर्ने छैनौं । नतिजा आफ्नो बनाउँछौं,” कप्तान शरदले भने ।  

इपिएल क्रिकेटमा विराटनगरको टिम निकै सन्तुलित देखिएको छ । विराटनगरको जितमा विदेशी खेलाडी हङकङका दुई ब्याट्सम्यान बाबर हायात र अंशुमान रथले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।  हायत र रथ इपिएल क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शिर्ष दुई स्थानमा छन् । 

तीन अर्धशतक बनाइसकेका हायतले ३०२ रन जोडेका छन् भने रथले २३० रन बनाइसकेका छन् । यस्तै, कप्तान पारसको प्रदर्शनसमेत उत्कृष्ट रहेको छ । बलरतर्फ विराटनगरकै वसन्त रेग्मी १२ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शिर्ष स्थानमा छन् ।

टिम सन्तुलित रहेकै कारण फाइनल खेल जित्नेमा कप्तान पारस खड्का विश्वस्त छन् । “भोलि पूर्णरुपमा नयाँ खेल हुनेछ । टि–ट्वान्टीमा एक ओभर १ बलले खेल चेन्ज हुन्छ । तर, टिमलाई चाहिएको बेला सबैले उत्कृष्ट खेलेका छन्,” पारसले भने, “ब्याटिङ राम्रो छ, बलरले पनि राम्रो गरिरहेको छ । दुवै टोलीको लक्ष्य फाइनल पुग्ने थियो । त्यसैले हामी भोलि जितको लागि खेल्छौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति