ईन्टरनेट प्रदायकहरुले लापरबाही गरिरहेमा हामी जुनसुकै बेला पनी तार काटिदिन सक्छौं-अध्यक्ष कार्की

                                                              पिपुल नेपाल संवाददाता,३० साउन भक्तपुर।
ईन्टरनेट र केबुल प्रदायकहरुको लापरबाहीले शहरमा दृष्य प्रदुषण बढेको छ। सेवा प्रदायकहरुले ब्यापारमा मात्र ध्यान दिएर प्रयोग गरिसकेका तारलाई उपयुक्त ब्यवस्थापन नगर्दा यस्तो हुन पुगेको हो। यसरी असरल्ल र अव्यवस्थित रुपमा रहेको तारहरुको ब्यवस्थापन गरेर शहरबाट दृष्य पदूषण हटाउने उपायबारे पिपुल नेपाल शहकर्मी र सुर्यविनायक नगरपालिका वडा नं.२ का अध्यक्ष प्रदिप कार्की बिचको संवाद प्रस्तुत गरेका छौँ।

अव्यवस्थित तार व्यवस्थापनको लागि बिषयगत समितिमा छ्लफल जारी ।
अव्यवस्थित तारहरु व्यवस्थापन गरेर शुन्दर शहर बनाउने बिषयमा सुर्यविनायक नगरपालिका र वडा नं.२ नियमित रुपमा लागिरहेको छ। सिङ्गो नगरलाईनै ईन्टरनेट प्रदायक कम्पनिका तारहरु र सडक बिस्तार हुने क्रममा बिजुलीको पोल,टेलीफोनका पोल र अन्य पोलहरुले सडकको बिचमा रहेर समस्या पैदा गरिरहेको छ। हाम्रो नगरपालिकाको नितिमा पनि स्वच्छ,सफा र हराभरा वडा र सिङ्गो नगरपालिका बनाउने निति तथा कार्यक्रममै राखेका छौँ। वडा नं.२को मात्रै कुरा गर्दा कौशलटार देखि सिरुटारको फोर्स बसपार्क निरको पुलसम्मको तारका लाईनहरुलाई व्यवस्थित गर्नका लागि नेपाल टेलिकमको कार्यालयलाई वडा कार्यालयको तर्फबाट चिठी लेखेर पठाई सकेका छौँ।असार मसान्तको व्यस्तताले गर्दा बांकी प्रक्रियाको लागि गति लिन सकिरहेको छैनौं तर अब गति पैदा गर्ने तयारीमा वडा कार्यालय लागिरहेको छ।

नेपाल टेलिकमको कार्यालय प्रमुखसंग कुराकानी भैसकेको छ।बिजुलिको खम्बाहरुको बिषयमा नेपाल विद्युत प्राधिकरण ठिमी शाखाको प्रमुख जयनारायण झा संग पनि छलफल भैसकेको छ। उहांले पनि हामिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।हामिलाई नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले सहयोग गर्ने प्रतिवद्धता जनाईसक्नु भएको छ तर विभिन्न प्रकारका ईन्टरनेट र केवल प्रदायकका तारहरु धेरै र अव्यवस्थित तरिकाले रहेको छ।काम गरिसकेपछि पुराना तारहरु झिकेर नलैजाने र जस्ताकोतस्तै छोडिदिने काम उहांहरुले गरिरहनु भएको छ। त्यसले गर्दा नगरक्षेत्र कुरुप र फोहोर जस्तो देखिने,चट्याङ परेको बेलामा लाईटिङको कारणले आगोलागी हुने,तारहरुको बोझको कारणले तारनै सर्ट भएर आगोलागी हुने,त्यसले गर्दा नजिक रहेका स्थानियहरुको घरहरुलाई पनि ठूलो असर परेको छ।उहांहरुलाई हामिले सम्पर्क गर्दा पनि खासै चासो नदिने कारणले अब ईन्टरनेट र केवल प्रदायकहरुलाई के गर्ने भन्नेबारे नगरपालिकाको बिषयगत समितिमा हामिले घनिभुत तरिकाले उठाईरहेका छौँ।

-जसले फोहोर गर्छ त्यसको व्यवस्थापन गर्ने दायित्व उसैको।
हाम्रो नगरपालिका र वडामा उहांहरुको कति आवद्धता रहेको छ भन्नेबारे अहिलेसम्म एकिन तथ्यांक र स्पष्ट खाका प्रदान गर्नुभएको छैन।त्यसैले उहांहरुलाई कसरी लिएर जान सकिन्छ भन्ने कार्ययोजना बनाउन गाह्रो परिरहेको छ। त्यसका बाबजुद पनि हामीले अहिले उहाँहरुको रेकर्ड राख्ने र हाम्रो वडामा बसेर कुन-कुन नेटवर्क चलाई व्यवसाय गरिरहनुभएको छ ? उहांहरुलाई कसरी हाम्रो वडाको मातहतमा लिएर आउने र अव्यवस्थित तारहरुलाई कसरी ब्यवस्थित गर्ने भन्ने कार्य गरिरहेका छौँ। जसले फोहोर गर्छ त्यो फोहोर ब्यवस्थापन गर्ने दायित्व उसैको हो। त्यसैले उहाँहरुलाई अलि बढी जिम्मेवार बनाउन हामीले प्रयत्न गरिरहेका छौँ। त्यसको लागि हामिले पहल शुरु गरिसकेका छौं।
-तपाईंका तारहरु हामी जहाँसुकै जुनसुकै अवस्थामा पनि काटिदिन्छौं।
सेवाप्रदायक व्यवसायी हरुले पनि उक्त तार राखेबापत कि विद्युत प्राधिकरण कि नेपाल टेलिकमलाई पैसा तिरिरहनु भएकै हुंदो रहेछ त्यसकारण उहाँहरु हामीले कर तिरिराखेकै हो भनेर सकभर पन्छिन खोज्नु हुंदोरहेछ।उहाँहरु सकभर त्यो तारहरु त्यहीँ छोडेर त्यसको वास्ता नगरीकन बाटोमै छोडिदिने गर्नुहुंदो रहेछ।जसले गर्दा दैनिक रुपमा बाटो हिंड्नुपर्ने आम जनता र वडाबासिहरुलाई असुबिधा,अल्झेर लड्ने,बिशेशगरी बालबालिका हरुलाई कठिनाइ ,सवारी चालकहरू लाई सास्ती गाडिहरुको शिसामा लाग्ने,शिसाहरु फुट्ने यी यावत घटनाहरु घटिरहेका छन।हामीले यसलाई कसरी निस्तेज पार्ने ? कसरी मिनिमाईज गर्ने ? भन्नेबारेमा अगाडि बढिरहेका छौं।अब यदि उहाँहरुले त्यो कुरा मान्नुभएन भने हामी आफैं त्यो तार काट्ने जिम्मा लिन्छौं।तपाईंका तारहरु हामी जहाँसुकै जुनसुकै अवस्थामा पनि काटिदिन्छौं।तपाईंहरुले आफ्नो लगानी गर्नुभएको छ लगानी अनुरुपको कमाई पनि रहनु भएको छ। सेवा दिएर कमाउने कुरामा हाम्रो दुईमत रहेन तर थोरै मान्छेलाई सेवा दिने नाममा धेरै मान्छेलाई असुविधा दिनु भएन भन्ने हाम्रो भनाई हो।
-स्थानीय निकायको मातहतमा ल्याउन जरुरी
जिम्मेवारीनै नलिने,तार असरल्ल छोडिदिने,यो काम वडाको मात्रै हो भनेर गैरजिम्मेवार बन्ने हो भने तपाईंहरु हाम्रो क्षेत्र अधिकार भित्र बसेर ब्यापार गरिरहनु भएको छ त्यसो हो भने अब हामिसंग स्वीकृति लिनुपर्‍यो।हामीले भनेको कन्डिसन मान्नुपर्‍यो।होईन भने हाम्रो स्थानीय स्वयत्त शासन संचालन निर्देशिकाको प्रचलित कानुन बमोजिम तपाईंहरु कसुरदार हुनुहुन्छ।तपाईं हरुलाई त्यही अनुसार कार्वाही हुन्छ भनेर हामीले कुरा राखेका छौं।यद्यपि अहिलेनै सबै कुरा हुन्छ भन्ने होईन।शुरुमा हामीले गर्ने कोसिस गरेका छौं।बांकी उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ त्यो हेर्नै बांकी छ।तर हाम्रो प्रयास भने जारी रहेको छ।
-समस्या समाधानका लागि सरोकार वालाहरुलाई छलफलमा आउन आग्रह ।
अझैपनी हामी उहाँहरु संग बसेर समस्या समाधानका उपायहरू बारे छलफल गर्न तयार छौं।प्रयोगमा नआउने तारहरुलाई कसरी डम्पिङ गर्नेबारे महानगर र अन्य नगरपालिका हरुले के गरिरहेका छन ? अन्य देशहरूमा के कस्ता प्रावधानहरु रहेका छन ? त्यसको पनि अध्यन गरौंला तर ईन्टरनेट र केवल प्रदायकहरु सम्पर्क,छलफल र परामर्शमा जुट्नेतिर लाग्नुपर्‍यो।समन्धित निकायहरू बसेर एउटा कार्यशाला गोष्टिनै गरेर अगाडि बढ्न पनि हामी तयार छौँ।मैले यो कुरा कार्यपालिका बैठकमा पनि उठाएको छु।मियरज्यु र प्रमुख प्रशासकीय अधिकृतलाई पनि भनेको छु।जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुलाई यसबारे परामर्श गरिदिनको लागि आग्रह गरेको छु।नेपाल टेलिकम,नेपाल विद्युत प्राधिकरण,नेटवर्क प्रालिहरु,र समन्धित कार्यालयहरु संग छलफल र यो जटिल समस्या समाधानका लागि उपाय निकाल्ने बारे छलफल गर्नेबारे मैले भनेको छु।यो मेरो वडाको मात्रै बिषय होईन सिङ्गो नगरपालिका,महानगरपालिका हरु र देशैभरिको समस्या हो।त्यसका लागि समन्धित कार्यालयका प्रमुखहरु संग कुरा उठान गरेर त्यसका लागि बजेट छुट्याउनु पर्छकी अन्य कुरा के गर्नुपर्छ ? वा कसले गर्ने हो भन्ने कुराको निर्क्यौल गरेर शहरलाई सफा राखेर दृश्य पदूषण हटाउने काम गरौं।हामिहरु निरन्तर सफा,सुन्दर र हराभरा नगरपालिका बनाउन प्रतिवद्ध छौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने