इन्भेस्टमेन्ट बैंकले २ अर्बको मुद्दा जित्यो

जेठ २८, काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ। बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।

तनहुँ जलविद्युत् परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई– केमेन्टिस्टी (सीएमसी)ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन। कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीबापतको रकम बैंकसँग दाबी गरेको थियो। उत्तिनै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेस्टमेन्ट बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको थियो।

सीएमसीले नेपाल इन्भेस्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटालीको बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो।

ग्यारेन्टीबापतको पैसा डुबेपछि इन्भेस्टमेन्ट बैंक राष्ट्र बैंकको प्रावधानअनुसार नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने दबाबमा थियो। यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था थियो। अब बैंकलाई यो दबाब हुनेछैन।

बैंकले मुद्दा जितिसकेकोले पैसाका लागि क्लेम गरिसकेको छ । यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको छ । मुद्दा लड्न मात्रै बैंकको करिब ४ करोड रुपैयाँ खर्च भएको बताइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण