इन्टरनेट बैंकिङबाट २० लाखसम्म भुक्तानि

काठमाडौं,फागुन २०,नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ । बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न व्यवसायीलाई समस्या पर्दै आएको थियो । केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा दोब्बर गरेको हो ।
\

१० लाख बढी नगद कारोबारमा कडाइ गरेको राष्ट्र बैंकले विद्युतीय माध्यममा पनि अधिकतम १० लाख मात्र गर्दा व्यापारीलाई भुक्तानी दिन असहज हुँदै आएको थियो । विद्यतुीय कारोबारलाई अझ सहज बनाउन र व्यवसायीलाई भुक्तानी कार्य सहज बनाउन इन्टरनेट बैंकिङबाट पैसा ट्रान्सफर गर्दा अधिकतम २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख, मर्चेन्ट बैंकिङबाट प्रतिदिन २० लाख र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँको अधिकतम सीमा कायम गरिएको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत