इन्जुरी समयमा इब्राहिमोविचले जोगाए म्यानचेस्टर युनाइटेडलाई

 

3EF1D50F00000578-4380108-image-a-60_1491339496394
चैत २३ – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जाल्टन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयसम्म १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडलाई इब्राहिमोविचले गोल गर्दै हारबाट जोगाएका हुन् ।

२२ औं मिनेटमा फिल यागियेल्काले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा एभर्टनका एस्ली विलियम्सले युनाइटेडका ल्युक शवले प्रहार गरेका बललाई लाइनबाट नियन्त्रण गर्ने प्रयास गरे र त्यसपछि उनले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९४ औं मिनेटमा पाएको पेनाल्टीमा इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल गर्दै हारबाट जोगाए । इब्राहिमोविचले यो सिजन युनाइटेडबाट सबै प्रतियोगितामा गरेर २७ गोल गरिसकेका छन् । जित निकाल्न नसके पनि युनाइटेडले आफ्नो अपराजित यात्रा २० पुर्‍याएको छ ।

युनाइटेड यो सिजन लिगका १२ खेलमा बराबरीमा रोकिएको छ । बराबरीपछि पाँचौं स्थानको युनाइटेडको २९ खेलबाट ५४ अंक भएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ । सातौं स्थानको एभर्टनको ३१ खेलबाट ५१ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले