इदउल फित्र पर्वका बेला निर्वाचनको मिति घोषणा गर्नु दुःखद- एमाले

CPN-UML-Flagकाठमाडौँ, १६ जेठ । नेकपा एमाले ले मुस्लिम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रअन्तर्गतको अन्तिम शुक्रबार ‘जुमा अल बिदा’को दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा पहिलो चरणको निर्वाचनअघिदेखि नै पार्टीले मुस्लिम समुदायको महान् पर्व इदउल–फित्रको समय पारेर निर्वाचनको मिति तोक्न नहुनेतर्फ सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।

संविधानत धर्मनिरपेक्ष राष्ट्रको मूल मर्ममा प्रहार गर्दै एक महिना लामो अवधिसम्म दिनभर निआहार बसी मनाइने पर्वकै समय पारेर जेठ ३१ गते निर्वाचनको मिति तय गरिएको थियो तर अहिले, त्यस मितिलाई अझ पछाडि सार्ने निर्णय गर्दासमेत मुस्लिम धर्मावलम्बीले मतदान गर्नै नसक्ने गरी ‘जुमा अल बिदा’ को दिन रोज्नु झनै खेदजनक विषय हो, विज्ञप्तिमा उल्लेख छ ।

गैर जिम्मेवार र मुस्लिम समुदाय विरोधी तथा सबै मुस्लिम समुदायका मतदातालाई मतदान गर्नबाटै बञ्चित गर्ने सरकारको यस्ता षडयन्त्रमूलक कदमप्रति घोर भत्र्सना गर्दै विज्ञप्तिमा सत्तारुढ दललाई यस्ता विषयमा विशेष संवेदनशीलता प्रदर्शन गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने