आयात नियन्त्रण र रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चिति तीन करोड डलरले वृद्धि

वैशाख २८, काठमाडौं: लगातार दोस्रो महिना पनि रेमिट्यान्समा सुधार देखिँदा शोधनान्तर घाटा भने बढ्ने क्रममै देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

फागुन मसान्तमा दुई खर्ब ५८ अर्ब ६४ करोड रहेको शोधनान्तर घाटा  एक महिनामा साढे नौ अर्बभन्दा माथिले बढेको छ ।

गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो । लगातार रूपमा देखिएको उच्च आयातले फागुन र चैत महिनामा मासिक ९० अर्बभन्दा माथि आयात भए पनि त्यसले आयात धान्न पर्याप्त नहुँदा भुक्तानी सन्तुलन घाटा बढ्दै गएको छ ।

योसँगै चालु खाता घाटा पनि बढेर पाँच खर्ब नाघेको छ । फागुन मसान्तमा चार खर्ब ६२ अर्ब ९३ करोड रहेको चालु खाता घाटा चैत मसान्तमा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोडले पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो ।

रेमिट्यान्समा केही सुधार र सरकारले विदेशी सहायता परिचालन बढाउँदा फागुनभन्दा चैतमा विदेशी मुद्रा सञ्चितिमा भने सामान्य सुधार भएको छ । फागुन मसान्तमा नौ अर्ब ५८ करोड डलर कायम भएको विदेशी मुद्राको सञ्चिति चैतमा सामान्य बढेर नौ अर्ब ६१ करोड डलर पुगेको छ ।

फागुनको तुलनामा चैतमा डलरको मूल्यमा केही कमी आउँदा नेपाली मुद्रामा विदेशी मुद्राको सञ्चिति केही घटेको देखिएको छ । फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रहेकामा चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब २१ अर्ब ४५ करोड कायम र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति एक खर्ब ४६ अर्ब ४८ करोड कायम रहेको छ ।

०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्ने क्रम रोकिँदा सञ्चिति पर्याप्त सूचकांक पनि स्थिर देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको बाबजुद पनि आयातमा कडाइले केही नियन्त्रण हुँदा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो ।  अर्कोतर्फ, माघसम्म मासिक औसत ७५ अर्बभन्दा तल रहेको रेमिट्यान्स फागुन र चैतमा ९० अर्ब नाघेको छ । जसले गर्दा बाह्य क्षेत्रमा केही सुधारात्मक संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा