आयल निगमका भ्रष्टचारी खड्का बर्खास्त

gopal-khadka_c2Cpjl3FKsभाद्र २,  काठमाडौं– मन्त्रिपरिषद बैठकले खड्कालाई बर्खास्त गरेकाे छ ।सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा खड्का भ्रष्टचारमा मुछिएका थिए ।   आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने  ठाडाे प्रस्ताव क्याबिनेटमा लगेका थिए ।  सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले   काममा असहयाेग गर्ने र  गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई  पदमुक्त गरिएको बताए ।
उनले भने, ‘आपूर्ती मन्त्रीज्यूले गुटबन्दी गर्ने र असहयोग भयो भन्ने प्रस्ताव ल्याउनु भएको छ । अनियमितता भएको बारेमा जानकार हुनुहुन्छ त्यो विषयको पनि कुरा उठान भएको छ ।’ खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन  संसद्को विभिन्न समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।

निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)