आज भाद्र २२ गते / सेप्टेम्बर ७ तारिख बिहीबार को राशिफल

अाज श्री शाके १९३९ बि. स. २०७४ साल भाद्र २२ गते बिहीबार इश्वी सन २०१७ सेप्टेम्बर ७ तारीख आश्विन कृष्ण प्रतिप्रदा तिथी ११:४८ बजे सम्म पश्चात द्वितिया तिथी चन्दमा कुम्भ राशिमा प्रातः ०७:५९ बजे सम्म पश्चात मिन राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, द्वितीया श्राद्ध पुञ्चलीभुजा, निजामती सेवादिवस 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अनावश्यक क्षेत्रमा गरीएको लगानिका कारण सामान्य मानसिक समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक साथ सहयोगका साथमा अघि बढेमा ब्यापार व्यवसायमा उत्तम समय रहनेछ । आत्मिय ब्यक्तिहरुका कारण आय आम्दानिका क्षेत्रमा मध्यान पश्चात झन्झट देखा पर्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कला कौशलका क्षेत्रमा समय ब्यतित गर्नाले मन प्रशन्न साथै आम्दानि बृद्यि हुनेछ । नयाँ तथा साजेदारी कार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । परोपकारी भावनामा बृद्यि हुनाले हर श्रेत्रमा प्रसम्शीत भईने योग रहेको छ । भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग साथै मान सम्मान प्राप्तीको अवसर जुट्नेछ । मान्यजनको साथ सहयोग द्वारा नयाँ कार्यको थालनि उत्तम रहनेछ । अध्यन अध्यापनका निम्ती अधिक समय प्रयोग लाभदायक साबित हुनेछ । सवारी साधनको प्रयोमा भने सजग रहनु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुराना मित्र हरुसगँको भेट घाटको अवसर जुट्नेछ । सामान्य यात्रा पश्चात बिशेष जिम्मेवारी बहन गर्नु पर्ने परीस्थीत सृजना हुनेछ । सामान्य कार्यसम्पादनमा भएको त्रुटिका कारण अपजसको भागीदार हुने सम्भाबना रहेकोछ । पारीवारिक श्रोत साधनको खरीदमा सामान्य खर्चको योग रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मानसिक चन्चलताका कारण सम्पादनउन्मुख कार्यमा ढिलाईको सामना हुन सक्नेछ । वाणीमा देखिएको तिक्तताका कारण सामान्य बादबिवादको चपेटामा फसिएला । खानपानको गढबडिले गर्दा स्बास्थका श्रेत्रमा सामान्य झन्झट देखा पर्नेछ । मित्रहरुको सहयोग द्वारा आम्दानि बृद्यि हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ला । शारीरिक आलस्यताले सताउनेछ ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

मान प्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आय आर्जनका लागी नयाँ आम्दानिका श्रोत हरु फेला पर्नेछन । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक श्रोत र साधको प्रयोमा समय ब्यतित रहनेछ । पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । अधिकआत्मबिश्वासका कारण सामान्य बादबीबादको सामना गर्नु पर्नेछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्यन अध्यापनमा रुचि जाग्नेछ । रोकिएर रहेका कार्य सुचारु गर्न राम्रो समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द