आज बेलुकी पूर्व प्रधानमन्त्रीद्धय खनाल र भट्टराईले अन्तराष्ट्रिय योग दिवस, साप्ताहीक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै

webminar with pm
असार १०, भक्तपुर,नबराज काफ्ले ।  २०७७ अषाढ ४ गते ( जुन १८,२०२०) का दिन शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले जुम वेबिनार मार्फत उदघाटन गरि शुभारम्भ गरिएको छैटौ अन्तराष्ट्रिय योग दिवस–२०७७(जुन २१,२०२०)को समापन कार्यक्रमलाई नेपाल सरकारका पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र बाबुराम भट्टाराईले सम्बोधन गर्नुहुने आयोजक समितिका संयोजक स्वनाम साथीले अवगत गराएका छन ।webminar 1
सप्ताहाव्यापी दिवसीय कार्यक्रम आयोजक समितिले संयुक्त राष्ट्रसंघबाट प्रेषित छैटौ अन्तराष्ट्रिय योग दिवसीय नारा “घर–घरमा योग,परिवार सँग योग”(Yog at Home and Yog with Family) भनि प्रचारमा ल्याइएको उक्त नारामा केहि त्रुटी देखिएकोले सच्याएर मात्र सयूंक्त राष्ट्रसंघबाट तय गरिएको नारा “स्वास्थ्यको लागि योग,परिवार सँग योग”लाई जोडी दिवसीय कार्यक्रम मनाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । सप्ताहाव्यापी रुपमा मनाईदै आएका आगामी कार्यक्रमहरुमा पनि सोहि नारालाई जोडी दिवसीय कार्यक्रमलाई मनाईने आयोजक समितिले जनाएको छ
आज बेलुकी ठीक ५ बजेबाट शुरु गरिने निर्धारित समापन कार्यक्रममा नेपालका सम्पुर्ण यौगिक संघ संस्थाहरु,योग क्षेत्रका विज्ञ व्यक्तित्वहरु,सरकारी एवं गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु ,विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु,विभिन्न राजनैतिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहने कार्यक्रम आयोजक व्यवस्थापन समितिका सदस्य डा क्षितिज बराकोटीले अवगत गराए ।
webminar 2हरेक दिन विहान र बेलुका गरि दुई सत्रमा सञ्चालन गरिदै आएको कार्यक्रमहरुमा योग,ध्यान,प्राकृतिक चिकित्सा,आर्यूवेद लगायतका असाध्यै मह्त्वपुर्ण विधाहरुमा केन्द्रित रहि विशेष प्रवचन,प्रर्दशन लगायतका कार्यक्रमहरु प्रस्तुत गरिदै आएको व्यवस्थापन समितिका सदस्य डा सुवास घिमिरेले जनाएका छन ।
कार्यक्रम आयोजक व्यवस्थापन समितिका सदस्य बालमुकुन्द सुवालले कोभिड १९को कारण विक्षिप्त बनेको मानसपटललाई उर्जाशिल बनाउन छैटौ अन्तराष्ट्रिय योग दिवसका कार्यक्रमहरु कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै देशका हरेक नागरिकहरुले प्रत्येक दिनलाई योग दिवसको रुपमा मनाउन पर्ने धारणा राखेका छन ।webminar 2 webminar 3webminar 4
समापन कार्यक्रममा आयोजक समिति मार्फत जुन १८ देखि महत्वपुर्ण विषय वस्तुहरुमा प्रस्तुती गर्नुहुने योगी,ध्यानी,ज्ञानी व्यक्तिहरु,संघ संस्थाहरु लगायतलाई विशेष धन्यवाद ज्ञापन प्रकट गर्दै विशेष संंकल्प प्रस्ताव पारित गर्ने कार्यक्रम समेत तय गरिएको हुदा निर्धारित कार्यक्रममा जुम वेबिनार मार्फत सहभागीताको लागि देश विदेशको विभिन्न भूगोलमा रहनुहुने सम्पुर्ण योगप्रेमीहरुलाई व्यवस्थापन समितिका सदस्य योगाचार्य सुवोध सिंखडाले अनुरोध गरेका छन ।
जुम वेबिनार मार्फत निर्धारित कार्यक्रममा सहभागी हुन आईडी २६९१४९५४०९ र पासवर्ड ६८६४४८ को प्रयोग गर्न सकिने बारेमा व्यवस्थापन समिति सदस्य डा राजु अधिकारीले जानाकारी दिएका छन ।
 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल