आज पनि विश्वभर ५ करोडभन्दा बढी मानिसहरु दास भएर जीवन बेतित गर्दैछन्

 

मजदुरले सबैभन्दा धेरै मेहिनत गर्छ तर सबैभन्दा खराब अवस्था पनि मदजदुरकै हुन्छ । विश्वमा मजदुरको अवस्था सुधार आएको वा भएको कुनै पनि देश छैन ।

 

नीतू टिटाण

  आश्विन  ०४, २०७९ | मजदुरले सबैभन्दा धेरै मेहिनत गर्छ तर सबैभन्दा खराब अवस्था पनि मदजदुरकै हुन्छ । विश्वमा मजदुरको अवस्था सुधार आएको वा भएको कुनै पनि देश छैन । यो हामीले नभइ संयुक्त राष्ट्रसंघको श्रम एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठनको पछिल्लो प्रतिवेदनले बताएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को एक रिपोर्ट अनुसार,सन् २०२१ मा विश्वभर करिब ५ करोड मानिस आधुनिक दासत्वको चपेटामा परेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले आन्तर्राष्ट्रिय आप्रवसन संगठन (आईओएम) र अन्तर्राष्ट्रिय मनवअधिकार समूह वाक फ्रीको सहयोगमा रिपोर्ट तयार पारेको छ ।

यस रिपोर्टलाई ‘द ग्लोबल एस्टिमेट्स अफ मोडर्न स्लेभरी’ नाम दिएको छ । आईएलओको रिपोर्ट अनुसार विश्वभर २ करोड २० लाख मानिसहरु अनिच्छित विवाहको फन्दामा परेको बताइएको छ । यीमध्ये दुई तिहाई महिला छन् । यसमा पनि अधिकांशले १५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको छ।

रिपोर्टको तथ्यांकले पछिल्लो ५ वर्षमा आधुनिक दासत्वको जीवन जिउने मानिसको संख्यामा तीव्र वृद्धि भएको देखाएको छ । सन् २०१६ को विश्वव्यापी अनुमानको तुलनामा सन् २०२१ मा १ करोड भन्दा धेरै मानिसहरु आधुनिक दासत्वको सिकार भएका थिए । आईएलओले भनेको छ, सत्य हाम्रो अगाडि छ तर चीजहरु पहिलेभन्दा खराब छन् जुन चकित पार्ने छ ।

के हो आधुनिक दासत्व ?
आधुनिक दासत्वले ती अवस्थाहरुलाई बुझाउँछ जहाँ उत्पीडितहरु धम्की, हिंसा, जबरजस्ती, छल वा शक्तिको दुरुपयोगका कारण काम गर्नबाट इन्कार वा भाग्न असमर्थ हुन्छन् । उसले बाध्यतामा त्यो काम गरिरहनु पर्छ र कसैगँग गुनासो समेत गर्न पाउँदैन ।

वाक फ्री अर्गनाइजेसनका संस्थापक–निर्देशक ग्रेस फरेस्टका अनुसार आधुनिक दासत्वको परिभाषा एउटा व्यक्तिले आर्थिक वा स्वार्थका लागि अर्को व्यक्तिलाई शोषण गर्ने र व्यक्तिको स्वतन्त्रतालाई पाइला–पाइला गर्दै अन्त्यमा पुर्याउँछ । यहि परिभाषालाई वाक फ्री एन्टी–स्लेभरी अर्गनाइजेसले पनि आधुनिक दासत्वको परिभाषाको रुपमा स्वीकार गरेको छ ।

विश्वका सबै देशहरुले श्रमिकको हितका लागि धेरै योजना र सुविधा दिने कुरा गर्छन् तर यर्थातमा भने काम हुन सकेको छैन, जसका कारण दशकौं बितिसक्दा पनि मजदुरको अवस्थामा कही कतै सुधार हुन सकेको छैन । उनीहरुको स्थिति जस्ताको तस्तै छ ।  आधुनिक दासत्व र जबरजस्ती विवाहका घटना विश्वका हरेक देशमा छन् । आधाभन्दा बढी (५२ प्रतिशत) बन्धक श्रम र एक चौथाई जबरजस्ती विवाह उच्च–मध्यम आय वा उच्च आय भएका देशहरुमा पाइएको छ ।

८६ प्रतिशत घटना निजी क्षेत्रसँग सम्बन्धित
जारी रिपोर्टका अनुसार जबरजस्ती श्रमका ८६ प्रतिशत घटना निजी क्षेत्रसँग सम्बन्धित छन् । पैसाको लनेनदेनसँग सम्बन्धित यौन शोषण बाहेक अन्य क्षेत्रहरुमा जबरजस्ती श्रम, कुल घटनाहरुको लगभग ६३ प्रतिशत थियो । जबरजस्ती श्रमसँग जोडिएका २३ प्रतिशत घटनाहरु पैसाको लेनदेनमा संलग्न यौन शोषणका जबरजस्ती घटनाहरु थिए । तीध्ये प्रत्येक पाँच पीडितमध्ये चार महिला वा केटीहरु थिए ।

यसमा पनि अवस्था यति नाजुक छ कि कूल संख्यामध्ये सरकार अफैँले जबरजस्ती श्रममा लगाइनेको संख्या करिब १४ प्रतिशत छ । त्यही जबरजस्ती श्रमको प्रत्येक आठमध्ये एक घटनाको सिकार बच्चा थियो । जसको कुल संख्या करिब ३३ लाख रहेको छ । बन्धक श्रमका प्रत्येक आठ घटनामा एक बच्चा समावेश थियो । रिपोर्टले आधुनिक दसत्वलाई जबरजस्ती श्रम र जबरजस्ती विवाहको रुपमा परिभाषित गरेको छ । शोषण दुवै अवस्थामा गरिन्छ ।

जबरजस्ती विवाह
रिपोर्टमा जबरजस्ती विवाहलाई पनि उजागर गरिएको छ । रिपोर्ट अनुसार सन् २०२१ मा जबरजस्ती विवाहको तथ्यांक २ करोड २० लाख रहेको थियो । यो संख्या सन् २०१६ को तुलनामा ६६ लाख बढी हो । रिपोर्टको हालको अनुमानभन्दा धेरै हुने सम्भावना रहको विज्ञहरु बताउछन् । उनका अनुसार १६ वर्ष वा त्योभन्दा मुनिका बालबालिकाको अवस्था सबैभन्दा खराब छ । बालविवाहलाई जबरजस्ती विवाह भनिन्छ, किनभने बच्चाले विवाहलाई कानुनी रुपमा सहमति दिन सक्दैन ।

ध्यान दिनु पर्ने कुरा के छ भने, लामो समयदेखि स्थापित पितृसत्तात्मक दृष्टिकोण र प्रथाहरुका कारण अहिलेको समयमा पनि जबरजस्ती विवाह गराइन्छ । जबरजस्ती विवाहका अधिकांश घटना पारिवारिक दबावका कारण हुने गरेको पाइएको छ । ८५ प्रतिशतभन्दा बढी घटनामा पारिवारिक दबाव जबरजस्ती विवाहको कारण थियो । रिपोर्टका अनुसार क्षत्रीय आधारमा मूल्यांकन गर्दा दुई तिहाइ (६५ प्रतिशत) जबरजस्ती विवाह एशिया प्रशान्त क्षेत्रमा पाइन्छ । त्यसमा सबैभन्दा बढी जबरजस्ती विवाह अरब देशहरुमा गराइन्छ । यहाँ प्रत्येक १ हजारमा ४.८ जना मानिसहरुको विवाह जबरजस्ती हुन्छ ।

आप्रवासी कामदारहरु उच्च जोखिममा
रिपोर्टका अनुसार जबरजस्ती श्रमको तरवार सबैभन्दा बढी प्रवासी मजदुरहरुमा झुण्डिएको छ । आप्रवासी कामदारहरु सामान्य कामदारहरुको तुलनामा तीन गुण बढी जबरजस्ती श्रममा पर्ने सम्भावना छ । यद्यपि, कामदारहरुको यात्राबाट उनीहरुको परिवार, समुदाय र समाजमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्छ । तर यसका कारण आप्रवासी कामदारले सबैभन्दा धेरै समस्या भोरिहेका छन् ।

कोरोना अवधिका कारण हरेक क्षेत्रमा जबरजस्ती विवाहको जोखिम बढेको रिपोर्टले बताएको छ । विद्यमान तथ्यांकअनुसार अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, सुडान, इजिप्ट, यमन, जोर्डन, सेनेगल, युगान्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोमा बालविवाह र जबरजस्ती विवाहका घटनामा बृद्धि भएको देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय श्रम एजेन्सीका महानिर्देशक गाइ राइडरले आधुनिक दासत्वको अवस्था सुधार नभएको बताए । आधारभूत मानवअधिकारसँगको यस्तो व्यवहारलाई कसैले पनि जायज ठहराउन सक्दैन, उनले भने । गाइ राइडरले रिपोर्टमा सबैसँग मिलिजुली कामका लागि ट्रेड युनियन, रोजगारदाता समूह, नागरिक समाज र सर्वसाधारणलाई महत्त्वपूर्ण भूमिका खेल्न आह्वान गरेका थिए ।

रिपोर्टमा दिइएका सुझाव
रिपोर्टले धेरै सुझावहरु दिएको छ ताकि सबै देशहरु मिलेर आधुनिक दासत्वको द्रुत रुपमा अन्त्य गर्न महत्वपूर्ण कदम चाल्न सकून् । यसमा श्रम कानुन र श्रम निरीक्षणको सुधार र कार्यान्वयन समावेश छ । साथै सरकारले लगाएको जबरजस्ती श्रमको उन्मूलन गर्न, व्यापार र आपूर्ति श्रृंखलाहरूमा जबरजस्ती श्रम र बेचबिखन विरुद्ध लड्न बलियो उपायहरू सामाजिक सुरक्षा विस्तार गर्न, कानुनी संरक्षणलाई बलियो बनाउने र विवाहको कानुनी उमेर बढाएर १८ पुर्याउन समावेश छ । अन्य उपायहरुमा आप्रवासी कामदारहरुका लागि बेचबिखन र जबरजस्ती श्रमको बढ्दो जोखिमलाई कम गर्ने प्रयास, महिला–केटीहरु र कमजोर व्यक्तिहरुका लागि थप समर्थनका लागि अपील पनि समावेश छ ।

दासप्रथा अन्त्य भएको दशकौं बितिसक्दा पनि अहिले उन्मूलन हुन भने सकेको छैन । यो आधुनिक दासत्वको रुपमा आज हामी सबैको अगाडि छ र यो समाजका कमजोर वर्गका लागि अभिशाप सरह हो ।

फेमिनिज़म इन इंडियाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

नगदै दिइने सामाजिक सुरक्षामा पनि कर

फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्न ३२ स्थानीय तहले गरे सम्झौता

माघ ७, काठमाडौ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न गण्डकीका ३२ स्थानीय तह

प्रदेश स्तरीय श्रम समिति गठन हुन्छ ः राना

२८, पौष, सुर्खेत । ट्रेड युनियनकर्मीहरुको आन्दोलनबाट प्राप्त श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा

जलवायु असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक

काठमाडौँ, पुस ९ गते ।  विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५