आज नेपाली कांग्रेसको चियापान समारोह आयोजना

नेपाली कांग्रेसले शुक्रबार (आज) दसैं, तिहार तथा छठ पर्व र नेपाल सम्वत ११३९ को अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान समारोह आयोजना गर्न गइरहेको छ ।  कांग्रेसले देशभर एकै दिन एकै साथ चियापान कार्यक्रम गर्न लागेको हो । उपत्यकाका तीन वटै जिल्लाले संयुक्त रुपमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ वजेबाट चियापान कार्यक्रम गर्न गइरहेका छन् । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुभकामना आदान प्रदान तथा चियापान समारोहमा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुका संघ–संस्थाका प्रमुखहरु लगायतका कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता रहने बताएका छन् । 

कांग्रेसले यसअघि कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लाहरुमा एक साथ चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर कांग्रेसका नेता तथा पूर्वपूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको निधनको शोकमा उक्त कार्यक्रम कात्तिक १६ गतेका लागि सारिएको थियो । नेता बास्तोलाको गत असोज २७ गते राति निधन भएको थियो । 

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले २०३५ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जलपान समारोह गरेर शुभकामना आदान–प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने