आज खीर दिवस

काठमाडौँ, साउन १५ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो ।
नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन आएको बताइएको छ । खीर स्वस्थकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा