आजदेखि सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाई

काठमाडाैं, पुस २२ः प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले बुधबारदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन्विरुद्धको मुद्दामा आजदेखि सुनुवाई गर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै दायर गरेको रिटमाथी संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाई पछि अदालतले राष्ट्रपति,प्रधानमन्त्री र सभामुखसँग जवाफ मागेको थियो ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसी सदस्य छन् ।

अदालतको आदेश अनुसार राष्ट्रपति,प्रधानमन्त्री र सभामुखले आ आफ्नो लिखिति जवाफ पेश गरिसकेका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो।

सर्वोच्वले अदालतलाई सघाउन एमिकस क्युरी पनि माग गरेकोले बरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, शतिसकृष्ण खरेल, बिजयकान्त मैनाली, पुर्णमान शाक्य र गीता पाठक संग्रौला रहेको एमिकस क्युरी गठन भइसकेको छ ।

पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल