आजको राशिफल : असार १३ गते, शनिबार

facebook sharing buttonaajako-rashifal-herna-735x400twitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

वि.सं.२०७७ साल असार १३ गते । शनिबार । ईश्वी सन् २०२० जुन २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–सप्तमी,५३ घडी १६ पला,रातको ०२ बजेर २८ मिनेट जादा अष्टमी । नक्षत्र– पूर्वाफाल्गुनी,१३ घडी १९ पला,बिहान १० बजेर २९ मिनेट उप्रान्त उत्तरफाल्गनुी । योग– व्यातिपात,४६ घडी ४३ पला,बेलुकी ११ बजेर ५५ मिनेट उप्रान्त वरियान । करण– गर, दिउसो ०३ बजेर ३८ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– लुम्ब योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ०७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३४ पला । देवपाटनमा गङ्गामाई रथयात्रा। सूर्य पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । साझपख समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलिको सबैले कदर गर्नेछन् । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । साझपख आफन्तसँग मनमुटाब हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। राम्रा तथा विलाशिताका बन्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरु भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले प्रेममा सामिप्यता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनुनै उचित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन विस्तारै हराउँदै जानेछ । पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानि हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेकोछ । सवारि साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । साझको समय राम्रो रहेकोले अध्ययनमा सुधार हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सांगठनिक टिम निर्माण गरि काम गरिए पनि एक अर्काको बिचार नमिल्दा केही दिनको लागि काम बन्द हुनेछ । महिला मित्र तथा विपरित लिंगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढी नै उत्साहित हुदा नराम्र घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यवसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ । तरपनि व्यापारमा मन्दि आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द