आजको पत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

all-paper२२ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाले नेकपा एमालेको मेची-महाकाली अभियान झापाबाट सुरु भएको समाचारलाई विभिन्न शीर्षकमा छापेका छन् ।

सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अवैधानिक रुपमा त्यहाँ रहेका नेपालीको तथ्यांक सरकारसँग छैन । करिब ६० देखि ७० हजार नेपाली अहिले पनि अवैधानिक रुपमा मलेसियामा बसिरहेका छन् । उनीहरु जुनसकै बेला पनि पक्राउ पर्न सक्छन् ।

अधिकांश नेपाली कामदार म्यानपावर कम्पनीबाटै मलेसिया पुग्छन् । सेवासुविधा म्यानपावरले भनेजस्तो हुँदैन । अनी उनीहरु कम्पनी परिवर्तन गर्छन् । तर सम्झौता नगरि रोजगारदाता कम्पनीले नै सोझै कामदार राख्दा उसमाथि कारबाही हुने भएकाले कामदारका सबै कागजपत्र कम्पनीले जफत गर्छ वा त्यहाँका नेपाली एजेन्टले कामदारसँग रकम लिएर बैधानिक बनाइदिने भरोसा दिलाउँछन् र भाग्छन् ।naya

काठमाडौं – प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे भोलि बिहान (शनिबार) भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भयो । आजको नयाँ पत्रिकामा खबर छ ।

तिघ्रामा गोली हानेर पक्राउ : बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् ।

अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । उनीहरू बौद्ध बस्ने भएकाले त्यहाँबाट अपहरणमा परेको आशंका गरिएको थियो । तर, उनीहरू बालाजुबाट अपहरणमा परेको खुल्यो । अपहरणकारीलाई प्रहरीले खुसिंबी टाउन प्लानिङको भ्याली कोल्ड स्टोर नजिकैबाट मुक्त गराएको छ । पैसा लिनेवित्तिकै उनीहरूलाई रिहा गर्न त्यहाँ ल्याइएको थियो । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सल्लाह गर्न बोलाएर अपहरण : महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गंगा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटलमा लिएर गए । होटलको कोठामा पुर्‍याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए ।

जेलमै चिनजानपछि आपराधिक कर्ममा : अपहरणकारीहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू भएको अपराध महाशाखा प्रवक्ता प्रहरी एसपी कार्कीले बताए । गोली लागेर घाइते भएका अपहरणका आरोपी दुर्गा लाल नवलपरासीमा डकैतीको मुद्दामा जेल परेका थिए । उनलाई १० वर्ष कैद सजाय भएको थियो । अरु पनि हातहितयार, चोरी र डकैती मुद्दामा जेल परेका व्यक्ति हुन् । ‘अपहरणकारीको ६ जनाको समूह देखिन्छ,’ उनले भने, ‘जेलमै चिनजान भई उनीहरूले यस्तो अपराधको योजना बनाएको जस्तो देखिन्छ ।’ पक्राउ परेकामध्ये जीवन भन्ने दुर्गबहादुर घटनाका नाइके भएको प्रहरीले जनाएको छ ।

यससँगै १० जिल्लामा स्थानीय तह थप्ने तयारी भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्वका साथ छापेको छ । अन्नपूर्ण पोस्ट्को फ्रन्टपेजमा हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको समाचारले स्थान पाएको छ ।

 

माओवादी केन्द्रले निर्वाचन विकल्परहित भएको निष्कर्ष निकालेको समाचारलाई राजधानीले महत्व दिएको छ । नागरिक दैनिकले स्वस्थ्यकर्मीको आन्दोलनले पोलियो कार्यक्रम प्रभावित भएको समाचार र टिपरका कारण सडक दुर्घटना बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

पुनर्निर्माणका लागि २ खर्ब खातामा भएर पनि विद्यालयहरुको पुनर्निर्माण नभएको समाचार र जाजरकोटमा मोटर चढ्न ७ दिन पैदल हिँड्नुपर्ने स्थिति रहेको समाचारलाई कान्तिपुर दैनिकले फ्रन्टपेजमा छापेको छ ।

मधेसी मोर्चामा संविधान संशोधनको आश भएको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले रसुवागढी नाकामा नेपाली भूमिमा त्रिपालको टहरो भएको तर चिनियाँ भूमिमा ठूला पक्की महल भएको समाचारलाई एकंर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न