आजको पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको र बैठकले कार्यसम्पादन समिति गठन गरेको समाचारलाई सोमबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले फ्रन्टपेजमा स्थान दिएका छन् । कांग्रेसले प्रदेशको सीमाङ्कन आयोगमार्फत टुंग्याएर निर्वाचनमा जान सकिने निष्कर्ष समेत निकालेको छ । त्यस्तै मधेसी केन्द्रित दलहरुबीच एकताको प्रयाससम्बन्धी समाचार पनि फ्रन्टपेजमा छापिएका छन् ।

यससँगै रासन खरिदमा नेपाली सेनामा भ्रष्टाचार भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ प्रकाशित गरेको छ ।
दुई सय २७ कामदार विदेशी जेलमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले एसएसबीबाट मारिएका मोरङका वासुदेव साहको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिने तयारी गरेको समाचारलाई प्राथमिकता दिएको छ ।

‘हरेक निर्वाचनसँगै आउने सयौं गाडी कहाँ हराउँछ ?’ भन्दै मुख्य समाचार बनाएको नागरिक दैनिकमा ‘बिहेखर्च अब दुरुस्त राख्नुस् !’ शीर्षकको समाचारले महत्व पाएको छ । कान्तिपुर दैनिकले गोरखाका भूकम्पपीडितलाई पक्की घरको पर्खाइ कष्टपूर्ण भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

दलहरु उम्मेदवार छनोटको गृहकार्यमा सक्रिय भएकोलाई महत्व दिएको राजधानी दैनिकमा  कांग्रेसमा वरीयता विवाद भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

नेपाल चीनसँग ‘एक क्षेत्र एक मार्ग’ मा सम्झौता गर्न तयार भएकोलाई खास महत्व दिएको गोरखापत्र दैनिकले विवाहमा १ सय ५० जना जन्ती लैजान मिल्ने व्यवस्था भएकोलाई एंकर बनाएको छ । नर्स हुन पुरुषको दौडधुप बढेकोलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा