आजको पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

भारतबाट ३३ बालबालिकाको उद्दारदेखि राप्रपाको patrapatrika-bimal-1-1आक्रोशसम्म

६ चैत, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुमा निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ हटाएकोमा सत्ताघटक राप्रपाले आन्दोलन गर्ने चेतावनी दिएको समाचारलाई फ्रन्टपेजमा छापेका छन् । त्यस्तै, भारतबाट ३३ बालबालिकाको उद्दार भएको समाचार र प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत १० गतेदेखि गर्ने चीन भ्रमणको एजेण्डा तय भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएका छन् ।

यससँगै नयाँ पत्रिका दैनिकले एमाले अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतबाट नेपाली कांग्रेसको कन्तबिजोग भएको बताएको समाचारलाई खास महत्व दिएको छ । त्यस्तै ‘गैंडाले खुट्टा लुछेका शोभाराम वन्यजन्तु संरक्षणमा’ शीर्षकको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

मोरङमा दसगजा मिचेर भारतले सडक निर्माण गरेको समाचारलाई प्राथमिकताका साथ छापेको अन्नपूर्ण पोस्ट् दैनिकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पीडक चोख्याउने षणयन्त्र भएको उल्लेख गरेको छ ।

मेलम्चीको पानी असोजमा पनि काठमाडौंमा नआउनेलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालबाट कार्यकर्ता रिझाउन बजेट बाँडेको समाचारलाई महत्वपूर्ण स्थान दिएको छ ।

स्थानीय चुनावमा सुरक्षाका लागि प्रहरीसँगै सेना पनि परिचालन हुने समाचारलाई राजधानी दैनिकले एंकर बनाएको छ ।

आजदेखि मतपत्र छापिने समाचारलाई प्राथमिकता दिएको कान्तिपुर दैनिकले सुन तस्करीहरुको अस्वभाविक सम्पत्ति भएको समाचारलाई पनि महत्व दिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सभामुखको सचिवालयमा रोकिएकोलाई महत्वका साथ छापेको गोरखापत्र दैनिकले साढे चार लाख महिलाको राहदानी अस्पष्ट भएकोलाई एंकर समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने