February 15, 2017

आजको ताजा खवर : के के छापिए त

patrapatrika-bimal-250x150४ फागुन, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच मधेसी मोर्चाले नमाने पनि जेठमा स्थानीय चुनाव गर्न ‘मोटामोटी सहमति’ भएको समाचारलाई बुधबार प्रकाशित दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै नेपाल-भारत उर्जा वैठकसँग सम्बन्धित समाचारलाई पनि प्रायःपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।

३७ लाख जनतालाई खानेपानी सुविधा नभएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले स्ववियु निर्वाचन अधिकारी अपहरणपछि मुक्त भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै सरकारले आइतबार चुनाव मिति घोषणा गर्ने तयारी गरेको समाचार फ्रन्टपेजमा छापिएको छ ।

त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

त्रिवि शिक्षाध्यक्ष त्रिपाठीका अनुसार विश्वभाषा क्याम्पस निर्वाचन कमिटीका सचिव शिक्षक नवीनचन्द्र मरासिनी विद्यार्थीको अपहरणमा परेका हुन् । मरासिनीलाई क्याम्पस प्रमुखको रोहबरमा दुई घन्टापछि रिहाइ गरिएको थियो । क्रान्तिकारीले केही दिन स्ववियु चुनाव सार्नुपर्नेलगायतका माग राखेर विरोधका कार्यक्रम जारी राखेकाले स्ववियु चुनाव अन्योलमा परेको छ । उसले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेको छ । २८ वर्षे उमेर हदबन्दीको विरोधमा नेविसंघका असन्तुष्टहरूले उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेका छन् ।

बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराएका थिए ।

‘अव निर्वाचन मिति घोषणामा सरकारले ढिलाई गदैन,’ बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाई उदधृत गदै उनको नीजि सचिवालयले भन्यो, ‘निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’ संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ ।

यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीस“ग फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका थिए । मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा वारो सत्ता साझेदार दल काग्रेसको पनि धारणा वुझन खोजेका थिए ।

अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा
स्रोतका अनुसार कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनाव केही समय पछि सार्न लबिङ सुरु गरेका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले क्याम्पस प्रमुखलाई थर्काउने, ताला लगाउनेजस्ता कार्यले मनोबल गिरेको बताइन् । विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशनका कारण एक साता मागेकाले के गर्ने भन्नेमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको उनको बताइन् । ‘हाम्रो जोड १४ फागुनमा मतदान गर्नुपर्छ भन्ने हो, सबैको सहभागिता हुँदा हामीलाई पनि राम्रो हुन्छ,’ उनले भनिन् ।

उम्मेदवार घोषणा गर्दै संगठन
विभिन्न विद्यार्थी संगठनले स्ववियु चुनावका लागि धमाधम अध्यक्षका उम्मेदवारको घोषणा गर्न थालेका छन् । मंगलबार अखिल क्रान्तिकारीले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । क्रान्तिकारीले एक सय एक क्याम्पसका स्ववियु अध्यक्षको नामावली सार्वजनिक गरेको हो । सोमबार अनेरास्ववियु (छैटौँ)ले देशभरका ५७ वटा क्याम्पसमा स्ववियु सभापति उम्मेदवारको घोषणा गरेको थियो ।

सुरक्षाकर्मी परिचालन भएपछि मुक्त गरे
नवीनचन्द्र मरासिनी, सदस्यसचिव, निर्वाचन कमिटी, विश्वभाषा क्याम्पस
बिहान साढे १० बजेतिर के हो, कसो हो भन्दै मलाई विद्यार्थीले बोलाएका थिए । क्याम्पसमा तल झरेपछि आरआर क्याम्पसमा जाऔँ भने । त्यसपछि फेरि बागबजार जाऔँ छलफल गर्नु छ भन्दै लगे । मलाई निर्वाचनका विषयमा सोधे र निर्वाचन प्रक्रिया अघि नबढाउनुस् भने । मैले म निर्वाचन प्रमुख होइन, सदस्यसचिव मात्र हो, मैले चाहेर केही गर्न सक्दिनँ भनेँ । मलाई लगेको जानकारी पाएपछि सुरक्षाकर्मीले खोज्न थाले । सुरक्षा सक्रियता देखेर बागबजार पुर्‍याएका विद्यार्थीले फेरि विश्वभाषा क्याम्पस लगेर छाडे ।

 

अन्नपूर्ण पोस्ट् दैनिकको फ्रन्टपेजमा ६ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको समाचार र दोस्रो अन्तरदेशीय प्रसारण लाइन सरकारी तहमा बनाउने नेपालको प्रस्ताव भारतले अस्वीकार गरेको समाचार छापिएको छ ।

मोर्चाले नमाने पनि जेठमा चुनाव गर्न प्रमुख दलहरुबीच सहमति भएको समाचारलाई नागरिक दैनिकले प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनमा एमाले लचक हुने संकेत देखिएको समाचारलाई महत्व दिएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुले मधेसी मोर्चालाई मनाउन अन्तिम कसरत गर्ने समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।
गोरखापत्र दैनिकको फ्रन्टपेजमा संसदीय समितिबाट निर्वाचन आयोगमा तीन आयुक्तको नाम अनुमोदन भएको समाचार प्रकाशित छ ।

पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी!, नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको खबर आजको नागरिकमा छ ।
संकट हो – हजार रुपैयाँको नोट ।रकम अभाव र चर्को महँगीको मार खेप्दै आएका उपभोक्ता अचेल आतमा हजारका नोट खेलाउँदा नि तनावमुक्त छैनन् । किनकी साना दरका नोट अभावले बजारमा उनीहरुका हात्ती साटिनै मुस्किल हुन्छ । पैसा नसाटिदा कतिपय अति जरुरी काम निप्ट्याउन सकस पर्छ ।

यसको कारण हो – बजारमा हजार दरका नोटको हिस्सा बढी हुनु । साना दरका नोट ओसार पसार गर्न समस्या हुने र बजारभाउ बढ्दै जाँदा अचेल ठूला नोटको प्रचलन बढेको छ ।

त्यसमा पनि बजारमा प्रचलनमा आउका कुल नोटको आधाभन्दा बढी हिस्सा हजार दरका नोटले ओगटेको छ । राष्ट्र बैंकका अनुसार हजार बाहेक अन्य दरका नोटले कुल नोटको आधाभन्दा कम हिस्सा ओगट्छ ।

स्थानीय निकाय ठप्प भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।