आजका पत्रिकामा

Frontpage-3१५ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मतदाता बढेसँगै देखिएको उत्साह तथा प्रमुख पार्टी नेपाली कांग्रेेसभित्रै देखिएको किचलोको समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

आजको कान्तिपुर दैनिकले मतदाता १ करोड ४० लाख शीर्षकमा स्थानीय निर्वाचनको समाचारलाई प्रमुख बनाएको छ । त्यस्तै देउवालाई पौडेलको पत्र भनेर पनि समाचार फ्रन्टपेजमै छापेको छ ।

देउवाबाट अब पार्टी चल्दैन :

 काठमाडौं – पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् । ‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन । भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’ केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ ।

पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष
राष्ट्रिय परिस्थितिमा कांग्रेसले नेतृत्व गर्न आवश्यक भए पनि सभापतिको शैली र सक्रियता त्यस्तो नदेखिएको भन्दै पौडेल पक्षले पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष निकालेको छ । सभापतिले पार्टीलाई एकढिक्का बनाउनुको सट्टा आफैंले गुटगत राजनीतिलाई बल दिएको भन्दै पौडेल पक्ष तीव्र असन्तुष्ट बन्न पुगेको छ ।

स्ववियु चुनावमा सभापति अनुदार
बैठकमा स्ववियु चुनाव गराउने विषयमा सभापति देउवा पक्ष नै अनुदार रहेको निष्कर्ष निकालिएको छ । ‘स्ववियुको नोमिनेसन हुने दिनसम्म पनि तालाबन्दी भइरह्यो । सभापति पक्षधर नेविसंघका सभापति तालाबन्दी गर्नुपर्छ भन्दै हिँडेका छन्,’ छलफलमा सहभागी एक नेताले भने, ‘यस्तो हुँदा एमालेको आरोपलाई बल पुर्‍याउने ठाउँ पार्टीभित्रैबाट दिएका छौं ।’

कांग्रेससँग उठबस नगर्नेलाई राजदूत बनाइकोमा आक्रोश
बैठकमा आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजालसहितका नेताले राजदूत नियुक्तिमा सभापति देउवाले एकलौटी गरेको र कांग्रेसलाई नै दाग लगाउने काम गरेको आरोप लगाएका थिए । ‘कांग्रेस नै नभएका आशा लामासहितलाई राजदूत बनाइएको असन्तुष्टि व्यक्त भएको छ,’ छलफलमा सहभागी केन्द्रीय सदस्य घिमिरेले भने, ‘कांग्रेसले चिनेको, कांग्रेससँग उठबस गरेका कोही भएनन् । कांग्रेसको बौद्धिक प्रतिष्ठाभन्दा बाहिरकालाई बनाएकोप्रति असन्तुष्टि व्यक्त भएको छ ।’ भीम उदास र रमेश कोइराला पनि कांग्रेसभन्दा बाहिरका भएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।

‘राजदूत बनाइएका आशा लामा, भीम उदास र रमेश कोइरालालाई कसैले चिन्दैन । सल्लाह नगरी उनीहरूलाई कसरी राजदूत बनाइयो,’ नेताहरूको आक्रोशपूर्ण भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘यिनीहरूको परिचय, पहिचान, सम्बन्ध, चिनजान पार्टीसँग भएको देखिँदैन ।’ लामा युएई, कोइराला कतार र उदास म्यानमारका लागि राजदूत सिफारिस भएका छन् । श्रीलंकाका लागि सिफारिस गरिएका अर्थशास्त्री विश्वम्भर प्याकुरेलप्रति पनि पौडेल पक्षले सन्तुष्टि व्यक्त गरेको छ ।

बैठकमा कसले के भने ?
देउवाबाट पार्टी चल्दैन : रामचन्द्र पौडेल
कांग्रेसमा देउवाजी सभापति भएको एक वर्ष भयो, तर एक वर्षमा पदाधिकारी चयन, विभाग गठन, कार्यसम्पादन समिति गठन हुनै सकेको छैन । समयमा पार्टीका संरचना नबन्दा र नेता कार्यकर्तालाई जिम्मेवारी नदिँदा चुनाव लक्षित कार्यक्रम बनाउने र कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न गाह्रो हुँदै गएको छ । पार्टीमा निर्णय पारदर्शी छैनन् । सरकार गठनका बेला कांग्रेसले १३ मन्त्रालय पाउने र हाम्रो पक्षलाई पाँच दिने भनियो, तर हामीलाई छलछाम गरी पछि १५ वटा कांग्रेसले लिएको देखियो । भ्रातृसंस्थामा पनि उहाँले उस्तै छलछामको राजनीतिक देखाउनुभएको छ । यी सबै विषय हेर्दा अब सभापति देउवाबाट पार्टी चल्दैन भन्ने हामी सबैले बुझ्नुपर्ने कुरा हो ।

पार्टीलाई सक्रिय बनाऔं : डा. रामशरण महत
हामी स्थानीय, प्रान्तीय र केन्द्रीय चुनावको संघारमा भइरहँदा पार्टीभित्रै धेरै चुनौती छन् । जिम्मेवारी धेरै भइरहँदा हामी चुकिरहेका छौं । चुनावका मुखमा विभागलाई सक्रिय बनाउने, भ्रातृसंस्थालाई बलियो बनाउने र नेता कार्यकर्तालाई जिम्मेवारी दिएर खटाउनुपर्ने भए पनि सभापतिमा अलिकति पनि गहनता देखिएन । यस्तै चालले हामी कांग्रेसको पक्षमा माहोल बनाउन सक्दैनौं ।

सभापतिले पार्टी डुबाउन लागे : बलबहादुर केसी
हिजो पदाधिकारी नियुक्ति, विभाग गठनदेखि केन्द्रीय सदस्य छान्नेसम्मका काममा देउवाले सुशील कोइरालालाई अप्ठ्यारो पारेका थिए । तर, आज सभापति भएपछि पनि उहाँले हिजो जुन कुरा उठाएका थिए, ती कुनै पनि काम गर्न सकिरहेका छैनन् । शेरबहादुरले पार्टी डुबाउन लागे, अब उनीबाट पार्टी चल्दैन भन्ने प्रमाणित भयो । अब सभापकिो कमजोर क्रियाशीलतालाई हामीले भण्डाफोर गर्नुपर्छ ।

गरम बैठकको नरम पत्र
नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा पार्टी संगठन, भ्रातृसंस्था सन्तुलित रूपमा चलाउनुपर्ने, राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै तीन तहको चुनावको विषयमा पार्टी परिचालन र सरकार सञ्चालनमा खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन माग गरिएको छ । त्यसका लागि अविलम्ब केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउनुपर्ने माग गरिएको छ । बैठकमा नेता डा. रामशरण महत आक्रामक ढंगले प्रस्तुत भएका थिए । तर, उनैको प्रस्तावअनुसार ‘भित्र बोल्ने कुरा एउटा हुन्छ, तर बाहिर लाने कुरा अर्को हुन्छ’ भन्दै पत्रमा नरम व्यहोरा उल्लेख गरिएको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस्तै नागरिक दैनिक, नयाँ पत्रिका लगायतले पनि सोही ब्यहोराको समाचार फ्रन्टपेजमा छापेको छ । नयाँ पत्रिकाले सरकारले संशोधन पुरक प्रस्ताव लैजाने तयारी गरिरहेको समाचार फ्रन्टपेजमा छापेको छ ।

आजको अन्नपूर्ण पोस्टले भने कर्मचारी सञ्चयकोषको अवधारणा, ३ सय मेघावाटको प्रस्ताव भनेर फरक समाचारलाई फ्रन्टपेजमा छापेको छ । चीनले पहिलो पटक नेपालीलाई गि्रनकार्ड दिएको समाचारलाई पनि अन्नपूर्णले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।