७ भदौ, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् । देउवाको भारत भ्रमणदेखि बाढीका विभिन्न असरबारे पत्रपत्रिकामा पढ्न पाइन्छ ।
चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् जम्बो हुन पुगेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाका अनुसार ०५२ सालमा ५२ मन्त्री बनाएर नयाँ रेकर्ड बनाएका देउवाले ५० मन्त्री थप्दा अझै ४ मन्त्रालयले मन्त्री पाएका छैनन् ।
बाढी र पहिरोबाट सडक थिलोथिलो भएको छ । सडकमा झन्डै ४ अर्ब बराबरको क्षति पुगेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको भारतभ्रमणको चर्चा पनि पत्रपत्रिकाले गरेका छन् ।
गोरखापत्र दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जान लागेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । बाँधलाई कार्यसूची बताउन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई दिएको सुझावलाई गोरखापत्रले एंकर बनाएको छ ।
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको व्यवस्थापनले तेल ढुवानीमा तीन करोड लुट गरेको खबरलाई नागरिक दैनिकले मुख्य खबर बनाएर लेखेको छ । नागरिकमै डलर तस्करीका आरोपितलाई नेपाल वायुसेवा निगमले लाखौं खर्चेर तालिमका लागि विदेश पठाउन लागेको लेखेको छ । सहीदपत्नीले सीमा विवाद सदाका लागि हल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावलाई पनि नागरिकले स्थान दिएको छ ।
कान्तिपुर दैनिकले देउवाको मन्त्रिपरिषद् इतिहासकै जम्बो भएको लेखेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले पञ्चेश्वर असफल भएको लेखेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द