३० चैत, काठमाडौं । बुधबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । पत्रपत्रिकाहरुले संविधान संशोधनका लागि नयाँ प्रस्ताव दर्ता भएको विषयलाई पनि उत्तिकै महत्त्वका साथ लेखेका छन् ।
नयाँ पत्रिका दैनिकले कांग्रेसको उपसभापति दाबी गरिरहेका खुमबहादुर खड्कालगायतले अब राजनीति गर्न नपाउने विषयलाई मूल खबर बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएको अर्को खबर पनि नयाँ पत्रिका दैनिकमा छ ।
अन्नपूर्ण पोस्ट दैनिकले ‘गोल्छाको जित’ शीर्षक दिएर मुख्य खबर लेखेको छ । व्यवस्थापिका संसद्मा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता भएको विषयलाई पनि अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा स्थान दिएको छ ।
कान्तिपुर दैनिकले संविधान संशोधनका लागि सरकारले नयाँ संशोधन विधेयक दर्ता गरे पनि मधेसी मोर्चाले अझै नमानेको जनाएको छ ।
नागरिक दैनिकले प्रधानमन्त्री प्रचण्डले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चर्को दबाब दिएको खबर छापेको छ ।
गोरखापत्र दैनिकले ‘संशोधन विधेयक सहमतिमा पारित हुन्छ’ शीर्षक दिएर मूल खबर लेखेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।