आजका दैनिकीहरुमा छापिएका मुख्य समाचारहरु

८ चैत, काठमाडौं । आजका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुले लामो समयदेखि विवादित बन्दै आइरहेको तराई-मधेस जोड्ने बहुचर्चित द्रूत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिन लागेको खबरलाई प्राथमिकता दिएका छन् ।

यसका साथै आजका पत्रिकामा राजधानीका सडकको दुरावस्था, प्रदेश नम्बर २ का ८ जिलालमा चुनाव हुने/नहुने स्थिति, माओवादी केन्द्रको घोषणापत्र लगायतका समाचारलाई स्थान दिएका छन् ।

फास्ट ट्रयाकलाई मुख्य खबर बनाएको आजको कान्तिपुर दैनिकले न्याय सेवाका कर्मचारीलाई निर्वाचन व्यवस्थापनमा परिचालन गर्ने खबरलाई पनि प्राथमिकताका दिएको छ ।

आजको राजधानी दैनिकले माओवादी केन्द्रको चुनावी घोषणापत्र तयार भएको खबरलाई प्रमुख बनाएको छ । त्यस्तै राजधानीले म्यादी प्रहरी भर्नामा दुईगुणा बढी आवेदन परेको समाचारलाई पनि स्थान दिएको छ ।

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीले गरेको आग्रहलाई आजको गोरखापत्र दैनिकले पहिलो पृष्ठमा छापेको छ । पूर्वसूचना नदिई विद्युत्त अवरोध गरे जरिवाना हुने विषय पनि गोरखापत्रको प्राथमिकतामा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी