December 13, 2019

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

 79927236_1688531944617393_5069969959602356224_o

 

काठमाडौँ, २७ मङ्सिर । देशका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ । चिसोले जनजीवन प्रभावित बनिरहेको छ । अचानक देखिएको यस्तो मौसमी परिवर्तनका पछाडि पश्चिमी निम्न चापिय प्रणाली सक्रिय हुनु रहेको मौसमविद्हरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने सम्भावना रहेको जनाएको छ ।

वर्षा र हिमपातसँगै देशको पश्चिम क्षेत्रमा हावाहुरी आउने सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू–भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान-
मङ्सिर २७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू–भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ।

मङ्सिर २८ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मङ्सिर २९ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भु–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू–भागमा हल्का वर्षा हुने संभावना छ । हिमाली भू–भागमाहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राती : देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू(भागहरुमा हल्का हिमपात हुने संभावना छ ।

२४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा