आगलागीमा ११ घर जलेर नष्ट

aaglagi२९ चैत, काठमाडौं । जंगलबाट सल्किएको आगो गाउँमा पस्दा पाँचथर जिल्लाको सवाङमा एघार घर जलेर नस्ट भएको छ ।

सोमबार दिउँसो करिब एक बजे हिलिहाँङ गाउँपालीका ७ सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा ११ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।

 

आगलागीको कारण सो स्थानका इन्द्रबहादुर पङ्धाक, डिल्ली पङधाक, राज कुमार पङ्धाक, राजेन्द्र पङ्धाक, मदन चापागाई, गोपाल खनाल, कुलबहादुर खनाल, गोपाल खनाल, मानबहादुर खनाल, रबिलाल चापागाई र चन्द्रप्रसाद चापागाईको घर, गोठ र गाई–भैंसी जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको भएको थियो । उक्त आगलागी नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी