March 14, 2017

आगलागीमा परी ४० को मृत्यु

aago-120x120ग्वाटेमाला सिटी, चैत १ – मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा गत बुधबार बिहान भएको भीषण आगलागीमा परी ४० किशोरीको मृत्यु भएपछि त्यहाँका समाज कल्याणमन्त्री कार्लोस रोडास्ले सोमबार राजीनामा दिनुभएको छ ।
उहाँले आफूले घटनालगत्तै राजीनामा नदिएको र दुर्घटनाबाट बाँचेका व्यक्तिलाई उपचारको व्यवस्था र शरणार्थीस्थलको व्यवस्था मिलाएरमात्र राजीनामा गरेको बताउनुभएको छ ।
सो आगलागी बालिका तथा किशोरी बसोबास गर्ने आश्रयस्थलतर्फ भएको थियो । बुधबार भएको यस आगलागीमा परी तत्काल १९ किशोरीको मृत्यु भएको थियो ।
यस पुनःस्थापना केन्द्र आगलागीमा ज्यान गुमाउने सबै १४ देखि १७ वर्षका किशोरी भएका अधिकारीले जानकारी दिएका छन् ।

सो पुनःस्थापना केन्द्र राजधानी ग्वाटेमाला सिटीदेखि टाढा एक ग्रामीण इलाकामा अवस्थित छ । अनाथ वा दुःख र पीडामा परेका, समाजिक दुरूपयोग, शोषण वा दुव्र्यसनका सिकार भएका, जोखिममा परेका, घरपरिवारबाट त्यागिएका, बाल सुधार केन्द्र (कारावास) को सजाय भोगेर छुटेका तर जाने ठाउँ अन्यत्र कहीँ नपाएर अलपत्र परेका बालबालिका तथा किशोरकिशोरीलाई पालनपोषण गरी आश्रयस्थल उपलब्ध गराउने प्रयोजनले राज्यद्वारा उक्त केन्द्र सञ्चालन भएको थियो ।

भर्जिन ‘अफ द एज्जम्पसन’ सेफ होम नामक उक्त पुनःस्थापना केन्द्रमा अटाइनअटाई, क्षमताभन्दा बढी बालबालिकालाई भर्ना गरिएको थियो ।

बालिकाको खण्ड (सेक्सन) पट्टि गत बुधबार बिहान ९ः०० बजेदेखि सुरु भएको आगलागीले केहीबेरमै भीषण रूप धारण गरी फैलिएकाले धनजनको यति ठूलो नोक्सान भएको थियो ।

उक्त पुनःस्थापना केन्द्रमा अटाइनअटाई बालबालिका कोचिएका कारणले गर्दा त्यहाँ बालदुरूपयोग र यौनजन्य बदमासी हुने गरेकाले विगतमा बारम्बार धेरै सिकायत आउने गरेका ग्वाटेमालाको समाजकल्याण एजेन्सीका प्रमुख कार्लोस रोडासले बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न