April 19, 2020

आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेका छन् । 

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण