आइपिएल : टिमहरुले खेलाडी साटफेर सुरु गरे , सन्दिप कुन टिममा ?

 संसारकै सबैभन्दा महंगो क्रिकेट लिग आइपिएलका टिमहरुले खेलाडी साटफेर सुरु गरेका छन् । साटफेरको क्रममा सनराइजर्स हैदराबादकास्टार ब्याट्सम्यान शिखर धवन दिल्ली डेयरडेभिल्स आउने भएका छन् । यसको बदलामा दिल्लीले आफ्ना तीन खेलाडी सनराइजर्सलाई दिनेछ । शिखर धवन ११ वर्षपछि दिल्ली फर्किन लागेका हुन् । आइपिएलको पहिलो सिजन २००८ मा दिल्लीबाट खेलेका धवन अर्को सिजन मुम्बइ गएका थिए । त्यसपछि डेकन चार्जर्स पुगेका धवन सनराइजर्स फ्रेन्चाइज स्थापना भएदेखि नै त्यसमा आबद्ध छन् । 

दिल्लीले विजय शंकर, सहवाज नदिम र अभिषेक शर्मा हैदराबादलाई दिनेछ । अघिल्लो आइपिएल अक्सनमा ५.२ करोड मूल्य पाएका धवनको सट्टामा ३.२ करोड मूल्यका दुई खेलाडी विजय शंकर, सहवाज नदिम र ५५ लाखका अभिषेक शर्मा हैदराबाद जानेछन् । यी तीन खेलाडीको मूल्यमा धवनको मूल्य घटाउँदा बाँकी रहने रकम हैदराबादले दिल्लीलाई दिनेछ । 

आइपिएलको आगामी सिजनका लागि रोयल च्यालेन्जर्स बैंगलोरले दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्म्यान क्विन्टन डिककलाई मुम्बइलाई बेचेको छ । बैंगलोरले नै मन्दिप सिंह पंजाबलाई दिएर अस्ट्रेलियन अलराउण्डर मार्र्कुुस स्टोइनिसलाई लिएको छ । आइपिएल २०१९ को अक्सन १६ डिसेम्बरमा हुँदैछ । त्यसअघि फ्रेन्चाइजहरुले अन्य खेलाडीहरु पनि साटफेर वा किनबेच गर्न सक्नेछन् । 

आइपिएल अक्सनअघिसम्म नेपाली बलर सन्दिप लामिछाने पनि दिल्ली डेयरडेभिल्समै छन् । दिल्लीले चाहेमा उनलाई पनि बेच्न सक्छ तर अहिलेसम्म यस विषयमा कुनै निर्णय भइसकेको छैन । आइपिएल सकिएपछि पनि दिल्लीले सदिपको प्रदर्शनको प्रशंशा गर्दै सामाजिक संजालमा पोस्ट गरिरहेको छ । यही कारण दिल्लीले सन्दिपलाई छाड्न नचाहेको बुझिन्छ । यद्यपि एक टिमले ३ खेलाडी मात्र रिटेन गर्न पाउने भएकोले दिल्लीले उनलाई अक्सनअगाडि नै रिटेन भने नगर्न सक्छ । 

दिल्लीले रिटेन नगरेमा आगामी १६ डिसेम्बरमा हुने अक्सनमा सन्दिप पनि लिलाम हुने खेलाडीमा हुनेछन् । अघिल्लो वर्षको अक्सनमा एसोसिएट खेलाडीको समूहमा रहेका सन्दिप यो अक्सनमा भने क्याप्ड खेलाडीको सूचीमा हुनेछन् किनकि सन्दिपले राष्ट्रिय टिमको लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । लिलामीमा सन्दिपका लागि सबैभन्दा धेरै मूल्य जुन टिमले लगाए पनि त्यही उच्चतम मूल्यमा नबढी दिल्लीले किन्न भने सक्छ । राइट टु म्याच नामको यो सुविधा प्रयोग गरी गत सिजनमा अफगानी बलर राशिद खानलाई हैदराबादले किनेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत